काठमाडौं- माओवादी केन्द्रले नयाँ सरकारमा तत्काल रामबहादुर थापा बादलसहित दुई मन्त्री मात्र पठाउने तयारी गरेको छ। मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो नलागेको र मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि माओवादीले पहिलो चरणमा दुई जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको हो।
माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने बादललाई गृहमन्त्रीका रुपमा सरकारमा पठाउने तयारी गरिएको छ। मात्रिका यादवले समेत आजै मन्त्रीको सपथ लिने माओवादीका एक नेताले बताए। मात्रिकालाई उद्योग वाणिज्य वा वन मन्त्रालय मध्ये एक दिने तयारी गरिएको छ। राष्ट्रपति कार्यालयमा अपराह्न ३ देखि ४ बजे मन्त्रीहरुको सपथको कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।