कैलाली– अदालतमा आत्मसमर्पण गरेका फरार सांसद रेशम चौधरीको अदालतमा बयान सुरु भएको छ। कैलाली जिल्ला अदालतमा उनको बयान सुरु भएको हो।
उनको मुद्दामा आजै आदेश हुने छ। बयान सकिएपछि न्यायधीशले उनलाई साधरण तारेख÷धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलानको आदेश दिने छन्।
कैलालीको टीकापुरमा २०७२ भदौ २७ मा भएको हिंसामा एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भएको घटनामा संलग्न चौधरी फरार अभियुक्त हुन्। प्रहरीले फरार अभियुक्त बनाई दायर गरेको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ।
प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राजपाको तर्फबाट निर्वा्चित भएका उनी प्रहरीको फरार सूचीमा थिए। उनले वियजीको प्रमाणपत्र समेत पाएका छैनन्। चौधरीले २० हजारभन्दा बढी मतान्तरसहित एमालेकी मदनकुमारी शाहलाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।