कैलाली– कर्तव्य ज्यान मुद्दामा फरार रहेका सांसद रेशम चौधरीले अदालतसामु आत्मसमर्पण गरेका छन्। जिल्ला अदालत कैलालीमा उनी सोमबार उपस्थित भएका हुन्।
अदालतले उनको बयान लिने तयारी गरेको छ। कैलालीका एसपी विनोद घिमिरेले चौधरीले अदालतमा आत्मसमर्पण गरेको पुष्टि गरे।
कैलालीको टीकापुरमा २०७२ भदौ २७ मा भएको हिंसामा एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भएको घटनामा संलग्न चौधरी फरार अभियुक्त हुन्। प्रहरीले फरार अभियुक्त बनाई दायर गरेको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ।
अदालतले उनको बयान लिने तयारी गरेको छ। बयान लिएपछि थुनछेक आदेश हुनेछ।
प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राजपाको तर्फबाट निर्वाचित भएका उनी प्रहरीको फरार सूचीमा थिए। उनले वियजीको प्रमाणपत्र समेत पाएका छैनन्। चौधरीले २० हजारभन्दा बढी मतान्तरसहित एमालेकी मदनकुमारी शाहलाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।