काठमाडौं- पुतलीसडकस्थित सेयर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।
आगलागीबाट मार्केट भवनको पाँचौं तलामा रहेको एनआइसी एजुकेसन कन्सल्टेन्सीमा पूर्ण रुपमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
बिहान करिब १० बजेबाट आगलागी सुरु भएको थियो। वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको छ।
किचनबाट ग्यास लिक भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको थप विवरण आउन बाँकी छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।