दुनै, डोल्पा- गत फागुन १२ गते आगलागीमा परेर गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु भएको छ। मुत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका–६ फुल्चिङका ६० वर्षीया मनरुपा चलाउने रहेकी छन्।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मनरुपाको आइतबार बेलुकी निधन भएको हो।
सोही ठेगानाकै १६ वर्षीया प्रतिमा रोकाय, ६२ वर्षीया चाउरी चलाउनेलाई नेपालगञ्जमा पनि उपचार सम्भव नदेखिएपछि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा लगिएको छ।
उपचार गराइरहेको उनीहरुको अवस्था पनि थप गम्भीर रहेको चिकित्सकले बताएका छन्। उनीहरु गत शनिबार दिउँसो त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा ५ मा पर्ने कागुत्तो वनमा लागिरहेको आगलागीमा परेर गम्भीर घाइते भएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।