विराटनगर- झापाको मेचीनगर नगरपालिका–५ शान्ती टोलमा भएको आगलागीमा १० लाख मूल्य बराबरकि क्षति भएको छ। केदार दर्जीको घरमा विद्युत सर्ट भई अचानक सुरु भएको आगोले घरसहित नगद तथा सम्पूर्ण समान समेत जलेर १० लाख बरबारको क्षति भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
यस्तै, संखुवासभाको धर्मदेवी नगरपालिका–९ का भीमबहादुर जिमीको गोठमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय आँखीभुइँले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।