काठमाडौं- जुवाखालबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) सेनानी राजेन्द्र शाहीमाथि अनुसन्धान गर्न बाटो खुलेको छ।
अनुसन्धान प्रक्रिया अघि बढाउन नेपाली सेनाले शाहीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाएको हो।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले शाहीलाई २४ असोजमा सामाखुशीस्थित खरीबोटबाट पक्राउ गरी सैनिक प्रहरी गण, जंगी अड्डामा बुझाएको थियो।
शाहीसहित अन्य आठ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
अनुसन्धानका लागि शाहीलाई बुझाउन प्रहरीले पत्रचार गरेपछि आइतबार उनलाई महाराजगञ्ज वृत्तमा लगरे बुझाइएको नेपाली सेनाले जनाएको छ।
गल्ती गर्ने जो कसैलाई पनि कडा कारवाही गर्ने नीति अवलम्बन गर्दै आइरहेको भन्दै सेनाले गैरकानूनी कार्यमा संलग्न जोकोहीलाई कारबाही गरिने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।