काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) डा. केसीको १७ औं अनसन एक हप्ता पुरा, दुई दिनसम्म पनि सरकार मौन रहे थप माग राख्ने चेतावनी, डडेल्धुरामा दैनिक प्रदर्शन हुँदा तातिएन काठमाडौं।
२) प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, सचिवालय सदस्यहरुको राजीनामाका विषयमा छलफल, मंसिर १ बाट लागू हुने गरी सदस्यहरुले राजीनामा दिन सक्ने।
३) पौने १६ करोड कीर्तेको मुद्दा दायर भएपछि सुदूरपश्चिम प्रदेशका फरार राज्यमन्त्रीले दिए राजीनामा, झुठा आरोप लगाउँदै बदनाम गर्न नयाँ षड्यन्त्र रचिएको तर्क।
४) चीनमा भएको तेक्वान्दोमा नेपाललाई १ रजत ५ कास्यसहित ६ पदक, बक्सिङमा चीनका खेलाडीलाई पछि पार्दै प्रदीपले जिते स्वर्ण।
५) र, आइएस लडाकुलाई सहयोग गर्न हङकङ र सिंगापुरका घरेलु महिला कामदार संलग्न, रकम उपलब्ध गराउने र सुसाइड बम्बर बनाउने गरेको सिंगापुरको दाबी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।