व्यापारी रुप ज्योतिकी छोरी सुरुची पनि पक्राउ

नेपाल लाइभ | २०७६ कार्तिक २२ शुक्रबार | Friday, November 08, 2019 ११:५७:०० मा प्रकाशित

काठमाडौं- हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा व्यापारी ज्योति समूहका रुप ज्योतिसँगै उनकी छोरी सुरुची ज्योति समेत पक्राउ परेकी छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। 

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। 

त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन्।

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए। 

उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो पनिः

व्यापारी रूप ज्योति पक्राउ गराउने सर्वोच्चको त्यो फैसला

पौने ३ करोडको ठगी मुद्दाका अभियुक्त थिए रूप ज्योति

विमानस्थलबाट यसरी पक्राउ परे व्यापारी रूप ज्योति [६ तस्बिर]

पूर्वमन्त्रीसमेत रहेका व्यापारी रूप ज्योति पक्राउ