काठमाडौं- व्यवसायी तथा पूर्व अर्थ राज्यमन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ परेका छन्।
बिहीबार साँझ सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालय र सिआइबीकाे संयुक्त टाेलीले पक्राउ गरेकाे हाे। टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो।
सिल्क एयरको विमानबाट साँझ साढे ८ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका उनलाई विमानबाट उत्रेको केही समयमा नै संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो।
तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको हो। प्रहरी उच्च स्रोतका अनुसार व्यवसायी ज्योतिलाई सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
देशबाहिर रहेका उनी आज स्वदेश फर्कंदै गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोली साँझ नै विमानस्थल पुगेको थियो।
यससँगै रूप ज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनू भन्ने जिल्ला अदालत काठमाडौंको आदेश कार्यान्वयन भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
यो पनिः
पूर्वमन्त्रीसमेत रहेका व्यापारी रूप ज्योति पक्राउ
सर्वोच्चको त्यो फैसला, अफ्ठेरोमा पर्न सक्छन् पूर्वमन्त्री तथा व्यापारी रूप ज्योति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।