• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नबिल बैंकले अब विदेशी पुँजी भित्र्याउँछ'

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  १०:०७
1140x725

अनिल केशरी शाह, नेपाली बैंकिङ क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन। उनले करिब तीन दशकदेखि नेपालको वित्तीय क्षेत्रलाई नजिकबाट नियालिरहेका छन्। नेपाल ग्रिन्डलेज बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका शाह नबिल बैंकलाई ‘ब्रान्डिङ’ गर्ने सिइओको रुपमा पनि चिनिन्छन्। 

मेगा बैंकको संस्थापक सिइओ हुँदै केही समयअगाडि मात्र उनी फेरि नबिल बैंक फर्किएका छन्। ३३ वर्ष लामो यात्रा गरी नबिलमा पुन: ८ वर्षपछि फर्किएका हुन् उनी। पुरानो घर फर्किँदा उनीसँग ठूलो चुनौती पनि छ।

यतिबेला उनी नबिललाई बूढादेखि तन्नेरीसम्मको बैंक बनाउने योजनामा छन्। २१औं शताब्दीमा युग सुहाउँदो बैंक बनाउने योजनामा छन् उनी। नबिलमा पहिले उनी सिइओको रुपमा कार्यरत थिए। अहिले राष्ट्र बैंकले लागू गरेको ‘कुलिङ पिरियड’ का कारण उनी निमित्त कार्यकारी अधिकृत (सहायक सिइओ) को रुपमा काम गरिरहेका छन्। पदलाई भन्दा कामलाई प्राथमिकता दिने यिनै बैंकरसँग नेपाल लाइभकी इशारा कोइरालाले गरेको कुराकानी : 

८ वर्षपछि नबिल बैंक फर्कनुभएको छ, नयाँ योजना त पक्कै होला…
३३ वर्ष पुरानो नबिल बैंकले आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ। अरु बैंकमा जस्तै नबिलमा पनि कार्यकारी पदमा नयाँ व्यक्ति आउँदा अलिअलि परिर्वतन त भइहाल्छ नै। तर, एउटा बाटो समातिसकेको संस्थाको पहिचानलाई नै निरन्तरता दिनु महत्वपूर्ण कुरा हो। त्यसमा फूलबुट्टा भर्ने काम आफ्नो ठाउँमा छँदैछ।

नबिल, एउटा यस्तो बैंक हो जसले राष्ट्र बैंकले तोकेको पुँजी पुर्‍याउन एक रुपैयाँ पनि लगानी थप्नुपरेको छैन। बैंकले पुँजी बढाउन न एफपिओ जारी गर्नुपर्यो न त मर्जर वा एक्वायरमा जानुपर्‍यो। यसबाट प्रस्ट हुन्छ, नबिल आफैंमा सक्षम बैंक हो। हाम्रो अबको सोच सेवाग्राहीसँग मिलेर अगाडि बढ्ने भन्ने छ। जसको अर्थ सेवाग्राहीको पनि आर्थिक उन्नति होस् र बैंकले पनि अझै प्रगति गरोस्।

४ वर्षे कार्यकालमा सेवाग्राहीले नबिल बैंकमा कस्तो परिर्वतन देख्न पाउनेछन्?
एक हिसाबले हेर्दा ४ वर्षे कार्यकाल लामो हो। तर, बैंकको सेवासुविधा जुन हिसाबले विस्तार गर्न सकिने ठाउँ छ, त्यसलाई मनन गर्दा ४ वर्षे कार्यकाल छोटो पनि हुन सक्छ। म आवश्यकता हेरेर सेवाग्राहीलाई सेवा प्रदान गर्ने योजनामा छु।

हाम्रो देशमा विदेशी लगानी भएका बैंकहरू पर्याप्त छन्। तिनमा भारतीय, पाकिस्तानी, बंगलादेशी, बेलायती लगानी छ। मैले अहिलेसम्म नेपाली बैंकले विदेशमा गएर कमाएर ल्याएको देखेको छैन। यस्तो अवस्थामा यो काम नबिलले नगरे कसले गर्छ? नबिल बैंकले विदेशमा शाखा खोलेर हुन्छ कि विदेशी बैंक नै किनेर वा साझेदारीमा, जसरी हुन्छ विदेशी पैसा नेपाल भित्र्याउने योजना छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नबिलले अहिले जुन किसिमले प्रविधिको प्रयोग गरेको छ। यो अवस्थासम्म आइपुग्न अन्य बैंकलाई अझै दुई-तीन वर्ष लाग्ने देखिन्छ। जुन प्रविधिहरू नबिलले प्रयोग गरिरहेको छ, त्यसलाई अझैसम्म हामीले बजारमा प्रचार गरेका छैनौं। आउँदो दिनमा यी प्रविधिको पूर्ण रुपले प्रचार गर्ने मेरो योजना छ। प्रविधिको पूर्ण प्रयोग गरेर युवा पुस्तालाई बैंक खाता खोल्न प्रोत्साहन गर्ने योजना पनि छ।  

नबिललाई पाको बैंकको रुपमा हेरिने गरिन्छ। युग सुहाउँदो परिर्वतन गरेर यो बैंक युवादेखि वृद्ध–वृद्धासम्मको हो भन्ने भावना विकास गर्नुछ। जसको लागि हरेक उमेर समूहलाई सहज हुने तरिकाले सेवासुविधा विस्तार गर्ने योजना छ। 

हामी नियामक निकायसँग पनि सहकार्य गरेर आगाडि बढ्ने सोचमा छौं। जसको लक्ष्य उत्कृष्ट नियमपालक बैंकको रुपमा नबिललाई सबैले विश्वास गरोस् भन्ने हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामी देशव्यापी शाखा सञ्जाल विस्तार गरेर अझै फैलिने सोचमा छौं। गाउँ पुगेर नबिलले बैंकिङ सेवा मात्रै विस्तार गर्‍यो भन्ने होइन कि यसले हाम्रो दुःखपीडामा पनि साथ दिन्छ भन्ने आभास सबैलाई गराउन चाहन्छौं। यसका लागि नबिल फाउन्डेसन पनि छ, त्यसमार्फत सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउँदै लैजानेछौं। 

तपाईंले देशभर शाखा सञ्जाल विस्तार गर्ने भनिरहँदा, राष्ट्र बैंकले ग्रामीण भेगमा बैंक जान मानेन भनिरहेको छ। यसलाई कसरी अर्थ्याउनुहुन्छ? 
राष्ट्र बैंकले चालू आर्थिक वर्ष भित्र ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने लक्ष्य लिएको छ। यसमा हामीले सहयोग गर्नुपर्दछ र त्यही अनुसार शाखा विस्तार पनि गर्दै आएका छौं। तर, कतिपय स्थानमा पूर्वाधार अभावको कारण सरकार आफैं पुग्न सकेको छैन। यस्तो ठाउँमा बैंक तथा वित्तीय संस्था कसरी पुग्न सक्छ? सरकारी निकायसँग छलफल गर्दा विकासको पूर्वाधार नभए पनि बैंक तथा वित्तीय संस्था जसरी पनि जानुपर्छ भन्छन्। तर, बैंकलाई कुनै समस्या आयो भने आफू जिम्मेवारी लिन्छु भन्दैनन्। 

भोलि केही भइहाल्यो भने आखिर फस्ने त सर्वसाधारणको पैसा हो। त्यसैले हामी लगानीकर्ताको विश्वास गुमाउन चाहन्नौं। तर, यसो भन्दै हामी पन्छिन पनि खोजिरहेका छैनौं। म बैंकर्स संघको अध्यक्ष हुँदा राष्ट्र बैंकको एक पटकको अनुरोधमा हामीले २ सय ४४ वटा शाखा विस्तार गरेका थियौं। सरकारले आवश्यक पूर्वाधारको विकास गर्छ भने हामी जस्तोसुकै दुर्गममा गएर पनि सेवा दिन तयार छौं। 

स्थापनाकालदेखि मेगा बैंकमा हुनुहुन्थ्यो, एक्कासि किन छोड्नुभयो? मेगामा आफ्नो कामको समीक्षा कसरी गर्नुभएको छ? 
म सधैं नियामकलाई सम्मान गर्ने व्यक्ति हो। नियामक निकायको व्यवस्था अनुसार एक व्यक्ति दुई कार्यकाल बढी एउटै बैंकको सिइओ बन्न पाउँदैन। यो नियमको पालना गर्दै बाहिरिएको हुँ। 

८ वर्षअघि म नबिल जस्तो स्थापित संस्था छाडेर सञ्चालन अनुमतिसमेत नआइसकेको संस्थामा जाँदै थिए। त्यतिबेला धेरैले मलाई यति ठूलो जोखिम किन लिएको भन्थे। तर टिम राम्रो भयो भने जुनै पनि संस्थालाई उचाइमा पुर्याउन सक्छु भन्ने ममा विश्वास थियो। मेरो सोच अनुसार टिम पनि राम्रो भयो। लक्ष्य बोकेर अगाडि बढ्दा राम्रै परिणाम पनि आयो। मेगामा हामी ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ सबै नेपालीको बैंक बन्ने उद्देश्यले अगाडि बढ्यौं। स्थापनाकालको समयमा हामीले जुन लक्ष्य लिएका थियौं, ती अधिकांश पूरा भएको छ। त्यस समयमा देशमा राजनीतिक स्थिरता भइदिएको भए मेगा बैंक अझै देशव्यापी रुपमा फैलिन्थ्यो जस्तो लाग्छ।  

राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ तपाईलाई नै लक्षित गरेर ल्यायो भन्छन् नि?
मलाई लाग्दैन, अनिल शाह एउटा त्यस्तो शक्तिशालि व्यक्ति हो, जसको पछि राष्ट्र बैंक लाग्छ। नियामक निकायले वित्तीय क्षेत्रलाई थप पारदर्शी बनाउनको लागि उक्त नियम ल्याएको हो। यो नियम लागू हुनु र म नबिल आउनु संयोग मात्र हो। नियामकले नियम ल्याइसकेपछि पालना गर्नु मेरो कर्तव्य हो। यसैबीच राष्ट्र बैंकसँगै यसबारेमा सल्लाह गर्दा उहाँहरूबाट डेपुटीका रुपमा जान मिल्ने सुझाव आयो। जसले गर्दा डेपुटीका रुपमा नबिलमा आएको हुँ। 

सिइओ भएर लामो समयसम्म काम गर्नुभएको संस्थामा ‘डेपुटी’ का रुपमा प्रतिष्ठा घटाउनुभयो भन्ने सुनिन्छ…
मलाई काम गर्न कुनै पद नै चाहिन्छ भन्ने लाग्दैन। जुन पदमा भए पनि आफूले राम्रो गरेर देखाउने हो। नबिलको ‘ब्रान्ड भ्यालु’ मैले बुझेको छु। यसको ‘ब्रान्डिङ’लाई अझ बढी विस्तार गर्न सकेँ भने पद होइन म व्यक्ति माथि पुग्छु। त्यसैले पदलाई होइन कामलाई विश्वास गर्छु। 

नबिलमा केही राम्रो गर्न सक्छु भन्ने हेतुले नै आएको हुँ। यहाँको टिमप्रति म पूर्ण विश्वस्त छु। म एक्लैले भन्दा पनि संस्थाको लक्ष्य प्राप्तिका लागि पूरै टिम नै सक्षम हुनुपर्छ र त्यो नबिल बैंकमा छ। जुन कुरा मैले यो टिमसँग ६ वर्ष काम गर्दा बुझिसकेको छु। 

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता अभावले ब्याजदर अस्तव्यस्त भएको छ, यसको समाधान कसरी होला?
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको छ। यसको समाधानका लागि बैंकरहरूले नियामक निकायसँग आग्रह गरेका थियौं। हामीले मागे जस्तो तरलता सहजताका लागि ठ्याक्कै केही ठोस कदम राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा अवधिमा ल्याएको छैन।  

तर, यसको समाधानका लागि हामी जस्ता वित्तीय संस्था स्वयं लाग्नुपर्दछ। अहिले बजारको निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि उच्च छ। यसलाई कमाइखाने बेला नबनाई वित्तीय संस्था सबै मिलेर कर्जा प्रवाहलाई घटाउन आवश्यक रहेको छ। यसमा सबैको एकरुपता भएन भने बैंक तथा वित्तीय संस्थालाई असर पर्दछ। 

बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्दै आएका छन् भन्ने आरोप लाग्ने गरेको छ, यसलाई कसरी लिनुभएको छ?
बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा केही हदसम्म छ। बैकहरूको संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ। यसलाई कम गर्न राष्ट्र बैंकले पुँजी वृद्धिको लागि मर्जर तथा एक्विजिसन योजना ल्यायो। तर, विकास बैंक र फाइनान्स कम्पनीको मात्र संख्या घट्यो। वाणिज्य बैंकहरु ३२ बाट २८ वटामा मात्र झरे। सानो बजारमा २८ वटा बैंक ८ अर्ब पुँजी भएका बैंक बने। यसले त झन् अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको जस्तो मैले महसुस गरेको छु। बैंकको चुक्ता पुँजी ४ गुणाको रफ्तारले बढेको छ भने हाम्रो अर्थतन्त्रको वृद्धि वार्षिक ५ देखि ८ प्रतिशत मात्र छ। 

यस्तो अवस्थामा लगानीकर्ताले पनि त्यही अनुसार अपेक्षा राख्नुपर्दछ। बैंकले पनि संस्थापक लगानीकर्तालाई अब ४-५ वर्ष कुनै लाभांश दिन सक्दैन र सेयर मूल्यमा केही गिरावट आउन सक्ने कुरा बुझाउन आवश्यक छ। यसका लागि सबै बैंक तथा वित्तीय संस्था एक हुन आवश्यक छ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्