धरान- सुनसरीको धरान-८ मा धरानबाट इटहरीतर्फ आउँदै गरेको को १९ प १५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ताप्लेजुङको ढुङ्गेसाँगु गाउँपालिका १ का मंगल लिम्बु र पछाडी सवार सोही ठाँउका सुनिल लिम्बु घाइते भएका हुन्।
घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।