बेसीसहर, लमजुङ- लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झन्डै रु तीन करोड संकलन भएको छ।
बेसीसहर–१, उदीपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो।
फागुन ६ देखि १२ गतेसम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ। महायज्ञबाट नगद मात्रै २ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ। विद्यालयको नाममा २३ रोपनी जग्गा प्राप्त भएको छ। प्राप्त १३ रोपनी ९ आना क्षेत्रफलको जग्गाको मूल्यांकन हुन बाँकी छ।
निकट भविष्यमै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।