सुनसरी- इनरुवा-९ बबियामा गएराति ना २ ख ९८४६ नम्बरको बसको ठक्करबाट सुनसरी इनरुवा नगरपालिका ८ डुम्राहाका ३५ वर्षिय करम लाल उरावको मृत्यु भएको छ।
राति पौने १० बजे बसको ठक्करबाट गम्भीर घाइते भएका उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनापश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।