काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताएका हुन्।
‘सरकारी कार्यालयका टेवलैपिच्छे फाइल अल्मलिने प्रथा अब अन्त्य हुन्छ,’ शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानबिन हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।