काठमाडौं– बहिनीको बिहे सकेर घर फर्कदै गर्दा एक युवकको मृत्यु भउको छ।
सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय भुपेन्द्र बोहराको शुक्रबार वेहोस भएर मृत्यु भएको हो।
बानेश्वरस्थित बृष्टल पार्टी प्यालेसमा बहिनीको बिबाह कार्यक्रम सकेर शान्तिनगरस्थित उनकै साथीको घरमा गएका बोहरा बा.२ ज ४४८५ नम्बरको ट्याक्सीमा घरमा फर्कंदा बेहोस अवस्थामा फेला परेपछि उपचारको लागि नागरिक अस्पताल गठ्ठाघरतर्फ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।