• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बम बिस्फोट नै नभएको आलमको दाबी बयान

तत्कालीन आइजीदेखि बिस्फोटमा दुवै कान गुमाउनेसम्मले के भने?
64x64
नेपाल लाइभ बुधबार, कात्तिक २०, २०७६  १७:३७
1140x725

काठमाडौं– करिब दुई दर्जन व्यक्ति हत्याको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमको बयान जारी छ। हिजो मंगलबारबाट सुरु भएको बयान आज बुधबार पनि जाी रह्यो।

अब आलमको बयान भोलि बिहीबार पनि जारी रहने छ।  आलमलाई अब २४ प्रश्न बाँकी रहेको अदालतले जनाएको छ। जम्मा ५५ वटा प्रश्न आलमका लागि तयार गरिएको थियो। उत्तर अनुसार प्रश्नमा केही थपघट पनि हुन सक्ने अदालतले जनाएको छ। आलमको बयान सकिएपछि थुनछेक बहस हुन्छ। त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारिकमा रिहा गर्ने भन्ने आदेश अदालतले गर्नेछ। 

तर आलमले बिस्फोटको घटना नै नभएको बयान दिएका छन्। घटना भएको १२ वर्षपछि पक्राउ परेका आलमले भने घटनाबारे आफूलाई केही जानकार नै नभएको र पीडित भनिएका व्यक्तिलाई समेत आफूले नचिन्ने बयान दिएका छन्। प्रहरीले आलमसहित प्रतक्ष्यदर्शी, तत्कालीन आइजी, घाइतेलगायतसँग बयान लिएको छ । उनीहरुमध्ये केहीसँग लिएको बयान भने यस्तो छ । यस्तो छ, आरोपित आलमको बयान–

मेरो हजुरबुवा शेख ल्याकत २००९ सालमा सल्लाहकार सभाको सदस्य हुनुहुन्थ्यो। काका शेख इद्रिस २०१५, २०४८ र २०५१ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो। म २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भई हालसम्म ४ पटक निर्वाचित सांसद र ६/७ पटक मन्त्री समेत भइसकेको छु। म २०६४ चैत २७ गतेका दिन चुनावको आन्तरिक व्यवस्थापनमा थिए। घटना नघटेको हुँदा कसैले देख्ने, सो घटनाबाट घाइते हुने प्रश्न नै आउँदैन। रोक्साना खातुनलाई म चिन्दिन, सर्वोच्च अदालत तथा अन्य मानव अधिकारवादी संघसंस्थाले के–कस्तो निर्णय प्रतिवेदन दिएका छन्, मलाई भिकाई नबुझेको हुँदा थाहा भएन। तर जुन इटा भट्टामा पोलेर मान्छेको हत्या गरियो भनिएको थियो, सोही इटा भट्टा (राजा) मा काम गर्ने मजदुरले भने जिँउँदै मान्छे पोलेको भनेर बयान दिएका छन्। जुन बयान आलम विरुद्धको बलियो प्रमाण रहेको प्रहरीले जनाएको छ।

राजा इटा उद्यागेका मजदुर लखिन्द्र पटेलको बयान

चैत २७ गते शेख इद्रिसको गोठघरमा नेता मोहम्मद अफताब आलमलगायतका मानिसहरुले चुनाव जित्नका लागि बम बनाउने क्रममा अचानक बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको, सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरु सख्त घाइते भएको, घाइते भएकाहरुलाई चैत २७ गते राति नै ट्रयाक्टरमा लोड गरेर आलमसहित हिन्दी भाषा बोल्ने मान्छेको समूहले इटा पकाउने भुंग्रोमा जिउँदै पोलेर खरानी बनाएका हुन्।

घटनाका बारेमा जानकार भएको पूर्वएआइजीको स्वारोक्ति

तत्कालीन मध्य क्षेत्रीय प्रमुख रहेका एआइजी किरणकुमार गौतमले घटनाको बारेमा आफूलाई जानकारी आएको स्वीकार गरेका छन्। उनले बयानमा भनेका छन्–

Ncell 2
Ncell 2
nimb
nimb

२०६४ चैत २७ गते बेलुका र २८ गते बिहान रौतहटमा बिस्फोटन भएको र सो बिस्फोटनमा केही व्यक्तिहरु हातहत भएको भन्ने बुझिन आएको छ भनि तत्कालनी रौतहटका एस्पी लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिए। त्यसपछि मैले घटनास्थलमा तत्काल गई कानून बमोजिम सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखी सक्रियताको गर्नु भनि निर्देशन समेत दिएको थिए।

तत्कालीन आइजीको बयान कारबाही गर्न निर्देशन दिएको थिएँ

सुरुमा रौतहट घटनाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका तत्कालीन आइजी ओमविक्रम राणासँग पनि बयान लिइएको थियो। बयानका क्रममा उनले घटनाका बारेमा आफूलाई रिर्पोटिङ भएको र कानून बमोजिक कारबाही गर्न निर्देशन दिएको बताएका छन्।

जिल्ला रौतहट राजपुर फरहदवा गाविस ४ हालको राजपुर नगरपालिका ४ स्थित शेख इद्रिसको गोठघरमा २०६४ चैत २७ गते बिस्फोटन भएको घटनाका सम्बन्धमा अनुस्न्धानका लागि खटी आउनु भएका अनुसन्धान अधिकृतले घटना विवरणमात्रै जानकारी गराएकोमा मलाई सम्झना भएसम्म त्यतिखेर बम बिस्फोट भयो, केही मानिस घाइते भए र केहीको मृत्यु भएको भन्नेसम्म रिर्पोटिङ भएको थियोभ न्ने लाग्छ। त्यो रिर्पोटिङ भएपछि निक्ष्पक्ष रुपमा अनुसन्धान गरी कानून बमोजिक कारबाही गर्ने भन्ने निर्देशन दिएको थियो। पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्वमन्त्री मो. अफताब आलमलाई समेत मुद्दा चलाउने राय सहित सरकारी वकिल कार्यालय रौतहटमा मिसिल पेश गरेकोमा उनीहरु जमानीमा छुटेको भन्ने सुनेको थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिस्फोटनमा दुबै कान गुमाएका घाइते गौरी शंकर रामको बयान

२०६४ चैत २७ गते अन्दाजी साढे ६ बजे साँझ शेख इद्रिसको वस्तु बाँध्ने गोठ अगाडि पुग्दा धेरै मानिस थिए। १५/१६ जना मानिस गोठघरको ढोका खुुल्ला गरेर बसेको देखेको हुँ।अचानक म बिस्फोट भएको ठूलो धमाका आएको र सो बमको टुक्ता, छर्राहरुले मेरो दुबै कान, घाँटी, छाति समेतमा गम्भीर घाउ चोट लागि रगत समेत बगेको थियो। बिस्फोटनमा परी २/३ जना मानिसको मृत्यु भएको र धेरै जना मानिस घाइते भई जोडले रुदै कराउँदै गरेको देखेको हुँ।

सो बम बिस्फोटनबाट मेरो दुबै कान चुडिएको, घाँटी र छातीमा समेत बमको छर्रा लागि म घाइते भएकोमा म आफू बच्नको लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि म पूर्णरुपमा बेहोस भई जमीनमा लडेको र त्यसपश्चात १५/२० दिनपछि होसमा आउँदा भारत बिहार राज्यको सितामढीस्थित सदर अस्पतालमा बेड भर्ना भएको रहेछु। 

पिसाब नलीमा नाकमा, मुलद्धारमा समेत पाइप लगाएको र मेरो अनुहारको भाग। घाँटी, छातीमा समेतमा पट्टी बाँको अवस्थामा म रहेको थिएँ। मसँगै मेरी आमा मरनी देबी रहेकी थिइन्। मलाई यहाँ को–कसले उपचारको लागि ल्याएको हो भनि आमालाई सोध्दा मलाई बताउनुभएको थियो। सोही अस्पतालमा मसँगै इटा उद्योगमा काम गर्ने मेरै गाउँको ३०/३२ वर्षको नरेश राम, ४०/४२ वर्षको विकाउ राम समेत सोही अस्पतालमा उपचार गराउँदै गरेको अवस्थामा देखेको हुँ। पछि उनीहरुले पनि सोही बम बिस्फोटमा परी घाइेत भएको बताएका थिए। 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्