काठमाडौं– करिब दुई दर्जन व्यक्ति हत्याको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमको बयान जारी छ। हिजो मंगलबारबाट सुरु भएको बयान आज बुधबार पनि जाी रह्यो।
अब आलमको बयान भोलि बिहीबार पनि जारी रहने छ। आलमलाई अब २४ प्रश्न बाँकी रहेको अदालतले जनाएको छ। जम्मा ५५ वटा प्रश्न आलमका लागि तयार गरिएको थियो। उत्तर अनुसार प्रश्नमा केही थपघट पनि हुन सक्ने अदालतले जनाएको छ। आलमको बयान सकिएपछि थुनछेक बहस हुन्छ। त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारिकमा रिहा गर्ने भन्ने आदेश अदालतले गर्नेछ।
तर आलमले बिस्फोटको घटना नै नभएको बयान दिएका छन्। घटना भएको १२ वर्षपछि पक्राउ परेका आलमले भने घटनाबारे आफूलाई केही जानकार नै नभएको र पीडित भनिएका व्यक्तिलाई समेत आफूले नचिन्ने बयान दिएका छन्। प्रहरीले आलमसहित प्रतक्ष्यदर्शी, तत्कालीन आइजी, घाइतेलगायतसँग बयान लिएको छ । उनीहरुमध्ये केहीसँग लिएको बयान भने यस्तो छ । यस्तो छ, आरोपित आलमको बयान–
मेरो हजुरबुवा शेख ल्याकत २००९ सालमा सल्लाहकार सभाको सदस्य हुनुहुन्थ्यो। काका शेख इद्रिस २०१५, २०४८ र २०५१ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो। म २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भई हालसम्म ४ पटक निर्वाचित सांसद र ६/७ पटक मन्त्री समेत भइसकेको छु। म २०६४ चैत २७ गतेका दिन चुनावको आन्तरिक व्यवस्थापनमा थिए। घटना नघटेको हुँदा कसैले देख्ने, सो घटनाबाट घाइते हुने प्रश्न नै आउँदैन। रोक्साना खातुनलाई म चिन्दिन, सर्वोच्च अदालत तथा अन्य मानव अधिकारवादी संघसंस्थाले के–कस्तो निर्णय प्रतिवेदन दिएका छन्, मलाई भिकाई नबुझेको हुँदा थाहा भएन। तर जुन इटा भट्टामा पोलेर मान्छेको हत्या गरियो भनिएको थियो, सोही इटा भट्टा (राजा) मा काम गर्ने मजदुरले भने जिँउँदै मान्छे पोलेको भनेर बयान दिएका छन्। जुन बयान आलम विरुद्धको बलियो प्रमाण रहेको प्रहरीले जनाएको छ।
राजा इटा उद्यागेका मजदुर लखिन्द्र पटेलको बयान
चैत २७ गते शेख इद्रिसको गोठघरमा नेता मोहम्मद अफताब आलमलगायतका मानिसहरुले चुनाव जित्नका लागि बम बनाउने क्रममा अचानक बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको, सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरु सख्त घाइते भएको, घाइते भएकाहरुलाई चैत २७ गते राति नै ट्रयाक्टरमा लोड गरेर आलमसहित हिन्दी भाषा बोल्ने मान्छेको समूहले इटा पकाउने भुंग्रोमा जिउँदै पोलेर खरानी बनाएका हुन्।
घटनाका बारेमा जानकार भएको पूर्वएआइजीको स्वारोक्ति
तत्कालीन मध्य क्षेत्रीय प्रमुख रहेका एआइजी किरणकुमार गौतमले घटनाको बारेमा आफूलाई जानकारी आएको स्वीकार गरेका छन्। उनले बयानमा भनेका छन्–
२०६४ चैत २७ गते बेलुका र २८ गते बिहान रौतहटमा बिस्फोटन भएको र सो बिस्फोटनमा केही व्यक्तिहरु हातहत भएको भन्ने बुझिन आएको छ भनि तत्कालनी रौतहटका एस्पी लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिए। त्यसपछि मैले घटनास्थलमा तत्काल गई कानून बमोजिम सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखी सक्रियताको गर्नु भनि निर्देशन समेत दिएको थिए।
तत्कालीन आइजीको बयान कारबाही गर्न निर्देशन दिएको थिएँ
सुरुमा रौतहट घटनाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका तत्कालीन आइजी ओमविक्रम राणासँग पनि बयान लिइएको थियो। बयानका क्रममा उनले घटनाका बारेमा आफूलाई रिर्पोटिङ भएको र कानून बमोजिक कारबाही गर्न निर्देशन दिएको बताएका छन्।
जिल्ला रौतहट राजपुर फरहदवा गाविस ४ हालको राजपुर नगरपालिका ४ स्थित शेख इद्रिसको गोठघरमा २०६४ चैत २७ गते बिस्फोटन भएको घटनाका सम्बन्धमा अनुस्न्धानका लागि खटी आउनु भएका अनुसन्धान अधिकृतले घटना विवरणमात्रै जानकारी गराएकोमा मलाई सम्झना भएसम्म त्यतिखेर बम बिस्फोट भयो, केही मानिस घाइते भए र केहीको मृत्यु भएको भन्नेसम्म रिर्पोटिङ भएको थियोभ न्ने लाग्छ। त्यो रिर्पोटिङ भएपछि निक्ष्पक्ष रुपमा अनुसन्धान गरी कानून बमोजिक कारबाही गर्ने भन्ने निर्देशन दिएको थियो। पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्वमन्त्री मो. अफताब आलमलाई समेत मुद्दा चलाउने राय सहित सरकारी वकिल कार्यालय रौतहटमा मिसिल पेश गरेकोमा उनीहरु जमानीमा छुटेको भन्ने सुनेको थिए।
बिस्फोटनमा दुबै कान गुमाएका घाइते गौरी शंकर रामको बयान
२०६४ चैत २७ गते अन्दाजी साढे ६ बजे साँझ शेख इद्रिसको वस्तु बाँध्ने गोठ अगाडि पुग्दा धेरै मानिस थिए। १५/१६ जना मानिस गोठघरको ढोका खुुल्ला गरेर बसेको देखेको हुँ।अचानक म बिस्फोट भएको ठूलो धमाका आएको र सो बमको टुक्ता, छर्राहरुले मेरो दुबै कान, घाँटी, छाति समेतमा गम्भीर घाउ चोट लागि रगत समेत बगेको थियो। बिस्फोटनमा परी २/३ जना मानिसको मृत्यु भएको र धेरै जना मानिस घाइते भई जोडले रुदै कराउँदै गरेको देखेको हुँ।
सो बम बिस्फोटनबाट मेरो दुबै कान चुडिएको, घाँटी र छातीमा समेत बमको छर्रा लागि म घाइते भएकोमा म आफू बच्नको लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि म पूर्णरुपमा बेहोस भई जमीनमा लडेको र त्यसपश्चात १५/२० दिनपछि होसमा आउँदा भारत बिहार राज्यको सितामढीस्थित सदर अस्पतालमा बेड भर्ना भएको रहेछु।
पिसाब नलीमा नाकमा, मुलद्धारमा समेत पाइप लगाएको र मेरो अनुहारको भाग। घाँटी, छातीमा समेतमा पट्टी बाँको अवस्थामा म रहेको थिएँ। मसँगै मेरी आमा मरनी देबी रहेकी थिइन्। मलाई यहाँ को–कसले उपचारको लागि ल्याएको हो भनि आमालाई सोध्दा मलाई बताउनुभएको थियो। सोही अस्पतालमा मसँगै इटा उद्योगमा काम गर्ने मेरै गाउँको ३०/३२ वर्षको नरेश राम, ४०/४२ वर्षको विकाउ राम समेत सोही अस्पतालमा उपचार गराउँदै गरेको अवस्थामा देखेको हुँ। पछि उनीहरुले पनि सोही बम बिस्फोटमा परी घाइेत भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।