एजेन्सी- पछिल्लो दुई वर्षमा हत्या भएका पत्रकार मध्ये ५५ प्रतिशत युद्धग्रस्त क्षेत्रभन्दा फरक स्थानका रहेको पाइएको छ।
यसरी हत्या भएका पत्रकारहरुले राजनीति,अपराध र भ्रष्टाचारका विषयमा समाचार लेख्ने गरेको युनेस्को प्रतिवेदनमा उल्लेख छ।
युनिस्कोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्लो समयमा द्वन्द्वग्रस्त क्षेत्रमा भन्दा राजनीतिक नेक्सस, अपराध र भ्रष्टाचारको विषयमा खुलासा गराउने पत्रकारहरु निशानामा पर्न थालेको पाइएको हो।
युद्धग्रस्त क्षेत्र वा संर्घष भइरहेको क्षेत्रमा पत्रकारले ज्यान गुमाउने क्रम विगतमा देखिएपनि बदलिँदो विश्व परिवेशमा यी तीन विषयमा खुलासा गराउने पत्रकारहरु निशानामा पर्न थालेको युनेष्कोको प्रतिवेदनमा दाबी गरिएको छ।
सन् १९९३ देखि अहिलेसम्म १ हजार ३६० जना पत्रकारको हत्या भएको छ।
प्रतिवेदनमा २००६ देखि २०१८ सम्म १ हजार १ सय ९ पत्रकारको हत्या भएको उल्लेख छ। यो अवधिमा सबैभन्दा धेरै इराकमा १ सय ९६ जना पत्रकारको हत्या भएको छ।
९० प्रतिशत पत्रकार हत्यामा संलग्न व्यक्तिलाई सजाय ठहर भएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१७–२०१८ सम्म यसरी हत्याको शिकार भएकामध्ये ५५ प्रतिशत पत्रकारको मृत्यु संर्घषरहित क्षेत्रमा भएको युनेस्को प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा विगतका तुलनामा पछिल्लो समय पत्रकारमाथि भएका आक्रमण र हत्याको बदलिँदो प्रवृत्ति देखाएको छ।
विगतमा युद्धरत क्षेत्र क्षेत्रमा पत्रकारहरुको हत्या हुने गरेको थियो।
तर अहिले उक्त प्रवृत्ति परिर्वतन हुँदै राजनीति, अपराध र भ्रष्टाचारमा रिर्पोटिङ गर्ने पत्रकारहरु निशानामा पर्न थालेका हुन्।
प्रतिवेदनका अनुसार पत्रकारलाई सूचना सम्प्रेषणको आधारमा हेर्दा अरब देशहरु सबैभन्दा खरतनाक देखिएको छ। जहाँ ३० प्रतिशत पत्रकारको हत्या भएको छ।
त्यसपछि ल्याटिन अमेरिकी देश र केही क्यारेबियन क्षेत्र पनि यसमा परेका छन्।
यी क्षेत्रहरुमा २६ प्रतिशत पत्रकार समाचार सम्प्रेषण गरेका आधारमा शिकार भएका छन्।
एशिया र प्रशान्त क्षेत्रका देशहरुका २४ प्रतिशत पत्रकारहरुको हत्या भएको छ।
युनेस्कोले पछिल्लो वर्ष यही अवधिमा २०१९ मा कम पत्रकारमाथिको हिंसा कम भएको सार्वजनिक गरेको छ।
नेपालमा आठ पत्रकारको हत्या
नेपालमा आठ जना पत्रकारको हत्या गरिएको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा सबैभन्दा धेरै सन् २०१० मा पत्रकारको हत्या भएको भएको थियो। सो वर्ष ३ जना पत्रकारको हत्या भएको थियो।
सन् २००४, २००७,२००८,२००९ र २०१२ मा एकएक पत्रकारको हत्या भएको थियो।
एशिया क्षेत्रमा भारतमा सबैभन्दा धेरै पत्रकारको हत्या भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख छ।
कुनै दुईपक्षीय ठूलो संर्घष नरहेको दक्षिण एसियाको भारतमा ४१, बंगलादेशमा २१, पाकिस्तानमा ११ र श्रीलंकामा १२ जना पत्रकारको यो अवधिमा हत्या भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।