• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालले नहारेको इतिहास, प्रथम श्रेणीले फर्काएको क्रिकेट

64x64
ऋग्वेद शर्मा बुधबार, कात्तिक २०, २०७६  १४:१५
1140x725

काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध नेपालले प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेल खेलिरहेको छ। १४ वर्षपछि नेपाल प्रथम श्रेणी क्रिकेटमा फर्किएको हो। 

यसअघि नेपालले सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला टोलीमा रहेका शरद भेषावकर मात्रै अहिले कीर्तिपुर मैदानमा एमसिसीसँग खेलिरहेको टोलीमा समावेश छन्। 

शरदबाहेक १० जना खेलाडीको एमसिसीविरुद्ध चलिरहेको खेल नै राष्ट्रिय टिमबाट प्रथम श्रेणीमा डेब्यू खेल हो। यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। जसमा ६ इनिङमा शरदले ३४ को एभरेजमा १ सय ७० रन बनाएका थिए। उनीभन्दा १ रनले अघि रहेका शक्ति गौचनलाई उछिन्ने अवसर अहिले एमसिसीसँगको खेलमा शरदसँग छ। 

नेपाली टोलीमा रहेका सोमपाल कामीसँग भने प्रथम श्रेणी क्रिकेटको अनुभव छ। उनले सन् २०१५–०१६ मा श्रीलंकामा क्लब क्रिकेट खेल्दा सारकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणी खेल खेलेका थिए। त्यसमा २६ ओभर बलिङ गरेका उनले ३ विकेट पनि लिएका थिए।

एमसिसीसँग सोमबार भएको एकदिवसीय खेलमा टिमबाहिर रहेका उनलाई प्रथम श्रेणीमा समावेश गरिएको हो।

शरद र सोमपालसँगै टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, राजु रिजाल र सन्दीप लामिछाने रहेका छन्। 

पूर्वकप्तान पारस खड्कासँग प्रथम श्रेणी क्रिकेटमा दुई खेलको अनुभव भए पनि उनी अहिले टोलीमा समावेश छैनन्। सोमबार एमसिसीविरुद्धको एकदिवसीय खेलमा पनि पारस टोलीमा थिएनन्।  

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि २००९ मा एमसिसीसँगै नेपालले तीन दिवसीय खेल खेलेको भए पनि त्यसलाई प्रथम श्रेणीको मान्यता दिइएको थिएन। 

क्रिकेट विकासका लागि प्रथम श्रेणी फम्र्याटलाई निकै राम्रो मानिन्छ। प्राय तीन र चार दिवसीय तालिकामा खेलिने प्रथम श्रेणीले खेलाडीलाई आफ्नो प्रदर्शनमा सन्तुलन बनाउन सहयोग हुने गर्दछ। २०७३ को बैशाखमा प्रतिबन्धमा परेको नेपाल क्रिकेट संघ (क्यान) नयाँ चुनावसँगै फर्किएकाले पनि नेपाली क्रिकेटको विकासमा प्रथम श्रेणीका यस्ता खेलले थप सहयोग गर्नेछ। 

प्रथम श्रेणीमा सुखद इतिहास

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रथम श्रेणी क्रिकेटमा नेपालको इतिहास सुखद छ। यसअघि नेपालले खेलेका चार खेलमा दुई खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ। 

पहिलो खेल : नेपाल भर्सेस युएई

नेपालले पहिलो पटक २००४ को मार्च २५ देखि २७ मा आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत सारजाहमा युएईविरुद्ध पहिलो प्रथम श्रेणी खेल खेलेको थियो। जसमा राजु खड्काको कप्तानीमा रहेको टिममा परेश लोहनी, मेहबुब आलम, दिपेन्द्र चौधरी, शक्ति गौचन, शरद भेषावकर, मनोज कटुवाल, बिनोद दास, राजु बस्नेत, सञ्जम रेग्मी र राज प्रधान रहेका थिए। 

त्यसबेला नेपाल र युएईबीचको खेल बराबरी भएको थियो। टस जितेर पहिले नेपालले फिल्डिङ रोज्यो। पहिलो इनिङमा युएईले २ सय ९३ मा ९ विकेट जाँदा डिक्लिएर गरेको थियो। जसमा युएईका अरसद अलिले १ सय ४३ रन बनाएका थिए। नेपालका बिनोद दासले ५, मेहबुब आलमले ३ साथै सञ्जम रेग्मीले १ विकेट लिएका थिए। 

नेपालले आफ्नो पहिलो इनिङमा २ सय १३ रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका लागि कप्तान राजु खड्काले सर्वाधिक ६७ रन बनाएका थिए। परेश लोहनीले ३४ र मनोज कटुवालले २४ रन बनाए। युएईका अलि असद एक्लैले ९ विकेट लिएका थिए। 

युएईले दोस्रो इनिङमा ६ विकेट जाँदा २ सय ५३ रन बनाएर खेल डिक्लिएर गरेको थियो। जसमा युएईका फहाद उस्मानले अविजित १ सय २ रन बनाएका थिए। 

३ सय ३४ रनको लक्ष्य लिएर ब्याटिङमा गएको नेपालले ५ विकेट गुमाएर १ सय ४१ रन बनाउँदा समय सकिएर खेल बराबरी भएको थियो। 

दोस्रो इनिङमा नेपालका परेश लोहनीले ४९ र शरद भेषावकरले ५० रन बनाएका थिए। पहिलो इनिङमा ९ विकेट लिएका उनै अलि असदले युएईका लागि दोस्रो इनिङमा पनि ४ विकेट लिएका थिए। 

दोस्रो खेल : नेपाल भर्सेस मलेसिया

सन् २००४ कै अप्रिल २३ देखि २५ सम्म नेपालले त्रिवि मैदान कीर्तिपुरमा आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नै मलेसियाविरुद्ध प्रथम श्रेणी खेल खेलेको थियो। प्रथम श्रेणीमा पहिलो जित निकालेको नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो। 

खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोज्यो र पहिलो इनिङमा १ सय ३२ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि मेहबुब आलम र सञ्जम रेग्मीले ३–३ साथै कप्तान राजु खड्का, पारस खड्का र राज प्रधानले १–१ विकेट लिएका थिए। ५६ रन बनाएका रोहन सिल्भारत्नमलाई भने शक्ति गौचनले रन आउट पारेका थिए। 

त्यसपछि नेपालले आफ्नो पहिलो इनिङमा १ सय ९८ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि चौथो क्रमको ब्याटिङमा आएका शक्ति गौचनले अविजित ६९ रन बनाएका थिए। पारस खड्काले ४४, मेहबुब आलमले २२ र राजु बस्नेतले २३ रन बनाएका थिए। मलेसियाका सुरेश नवरत्नमले ५ विकेट लिएका थिए। 

दोस्रो इनिङमा मलेसिया ५१.२ ओभर खेल्दा ९९ रन बनाएर अलआउट भयो। जसमा मेहबुब आलमले ३, सञ्जम रेग्मी र राज प्रधानले २–२ साथै शक्ति गौचन र राजु बस्नेतले १–१ विकेट लिएका थिए। मलेसियालाई सस्तैमा रोकेपछि नेपालले ३४ रनको लक्ष्य पायो। जसमा परेस लोहनीले १६, मेहबुब आलमले १५ र विकास दलीले २ रन बनाएर नेपाललाई जिताए। 

तेस्रो खेल : नेपाल भर्सेस हङकङ 

नेपालको प्रथम श्रेणी क्रिकेटको तेस्रो खेल आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नै हङकङविरुद्ध सन् २००५ को अप्रिल ३० देखि मे २ सम्म त्रिवि मैदान कीर्तिपुरमा नै भएको थियो। बराबरी भएको उक्त खेलमा नेपाली टिमको कप्तानी बिनोद दासले गरेका थिए। 

टस जितेको नेपालले पहिले फिल्डिङ रोज्यो। हङकङले पहिलो इनिङमा ३९.३ ओभर खेल्दै ९१ रन बनाउँदा सबै विकेट गुमायो। हङकङका तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके। नेपालका कप्तान बिनोद दास एक्लैले ६ विकेट लिए। धिरेन्द्र चन्दले २ साथै मेहबुब आलम र राज प्रधानले १–१ विकेट लिए। 

हङकङलाई पहिलो इनिङमा सस्तैमा समेटे पनि नेपालले समेत आफ्नो पहिलो इनिङमा राम्रो ब्याटिङ गर्न सकेन। ३५ ओभरमा नै १ सय १ रन बनाए पनि नेपालले ७ विकेट गुमाइसकेको थियो। यसैले हारजितको नतिजामा पुग्न नेपालले त्यही अवस्थामा खेल डिक्लिएर गरेको थियो। नेपालका लागि परेश लोहनीले २५, पारस खड्काले २८ र मेहबुब आलमले ११ रन बनाउनुभन्दा बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेका थिएनन्। 

दोस्रो इनिङमा हङकङले १९ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाउँदै तेस्रो दिनको खेल सकिएर नतिजा बराबरीमा टुंगिएको थियो। पहिलो दिन खेल हुन नसकेपछि दुई दिन मात्रै खेल चलेको थियो।

चौथो खेल : नेपाल भर्सेस युएई

नेपालले प्रथम श्रेणीमा खेलेको चौथो खेल पहिलो खेलकै विपक्षी यु्एईविरुद्ध थियो। आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नै २००५ को मे ७ देखि ९ सम्म त्रिवि मैदान कीर्तिपुरमा खेल भएको थियो। नेपालले १ सय ७२ रनले जितेको खेलमा कप्तान उनै बिनोद दास थिए। 

यसअघि प्रथम श्रेणीका तीनै खेलमा नेपालले पहिले फिल्डिङ गरेको भए पनि यसपटक टस जितेको नेपालले पहिलो ब्याटिङ रोजेको थियो। पहिलो इनिङमा नेपालले ७ विकेट गुमाएर २ सय ८७ रन बनाउँदै खेल डिक्लिएर गरेको थियो। 

नेपालका लागि पहिलो इनिङमा कनिष्क चौगाइले ४७, शक्ति गौचनले ६८, शरद भेषावकरले ८९, मेहबुब आलमले ३४ साथै कप्तान बिनोद दासले १७ रन बनाएका थिए। 

युएई पहिलो इनिङमा १ सय ६४ रन बनाउँदा अलआउट भयो। अरसद अलिले ८१ रन बनाएर टिकिरहे पनि अरु ब्याट्सम्यानले साथ दिन सकेनन्। नेपालका राजु बस्नेतले ३, शक्ति गौचनले २ साथै मेहबुब आलम, बिनोद दास, धिरेन्द्र चन्द र राज प्रधानले १–१ विकेट लिए। 

नेपालले आफ्नो दोस्रो इनिङमा ६ विकेट गुमाएर १ सय २५ रन बनाउँदा डिक्लिएर गरेको थियो। जसमा कनिष्क चौगाइले ४८, शक्ति गौचनले २६, बिनोद दासले १४ र शरद भेषावकरले १२ रन बनाएका थिए। 

२ सय ४९ रनको लक्ष्यका साथ दोस्रो इनिङ थालेको युएई नेपाली बलरसामु टिक्न सकेन। कप्तान बिनोद दास एक्लैले ५ विकेट झारिदिए। धिरेन्द्र चन्द र शक्ति गौचनले २–२ साथै मेहबुब आलमले १ विकेट लिए। 

युएईका पाँच खेलाडी त शून्यमै आउट भएका थिए। अरसद अलिले १८ र अहमद नदिमले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्। 

युएईलाई १ सय ७२ रनले हराएको उक्त खेलपछि अहिले त्रिवि मैदान कीर्तिपुरमा नै एमसिसीविरुद्ध १४ वर्षपछि नेपालले प्रथम श्रेणी क्रिकेट खेलिरहेको हो। 

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्