• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'एकदिवसीय मान्यता र सुपर ६ मा पुगेपछि मात्र विश्वकपको सपना' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ शनिबार, फागुन १२, २०७४  १८:४३
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार राति एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बावेतर्फ प्रस्थान गर्दैछ। विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले छोटो तयारी गर्न पायो। १० देशले प्रतिस्पर्धा गर्ने छनोटबाट शीर्ष २ टिम विश्वकपमा छानिनेछन्। छनोटमा सहभागी नेपालसहित ५ एसोसिएट देशमध्ये ३ देशले एकदिवसीय टिमको मान्यता पाउनेछन्। त्यसैले नेपालका लागि प्रतियोगिता महत्वपूर्ण हुनेछ। जिम्बावे उड्नुअघि नेपाली टिमका कप्तान पारस खड्काले पनि एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्। खड्कासँग लिएको अन्तर्वार्ता विस्तृतमा:

आइसिसी एकदिवसीय विश्वकपका लागि केही दिन मात्र तयारी भयो। पर्याप्त तयारी हुन नसकेको हो?

अलि धेरै सयम भएको भए योजना बनाउन सजिलो हुन्थ्यो। तर, हामीसँग कम समय थियो। सकारात्मक कुरा के हो भने, हामीले क्रिकेट खेलिरहेका छौं। त्यसैले लय समाप्न सक्छौं। डिभिजन–२ मा हामीले जुन स्तरको क्रिकेट खेल्यौं त्यही स्तरको प्रदर्शन दोहोर्याुउने हो भने हामीले छनोट प्रतियोगितामा राम्रो नतिजा ल्याउन सक्छौं। 

नेपाल रहेको समूहमा बलिया टिम छन्। बलिया टिमसँग प्रतिस्पर्धाका लागि कस्तो रणनीति छ? 

छनोट प्रतियोगिता सजिलो छैन। हरेक टिमको लक्ष्य विश्वकपसम्म पुग्नु हो। तर जम्मा २ वटा टिम मात्र पुग्नेछन्। हरेक टिम उतिकै राम्रा छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट छानिएका शीर्ष चार टिम, चार वटा टेस्ट प्लेइङ राष्ट्र  र डिभिजन–२ बाट नेपाल र युएइ पुगेका छन्। प्रतियोगिता रोचक हुने पक्का छ। 

विश्व क्रिकेटमा एसोसिएट राष्ट्रले पनि चुनौती दिन थालेका छन्। विगतमा अफगानिस्तान एसोसिएट राष्ट्र हुँदा राम्रो खेलेको थियो। आयरल्यान्डले पनि राम्रो खेल पस्केको थियो। 

सबै टिम उत्तिकै सक्षम छन्। यो प्रतियोगिताबाट राम्रा २ टिम छनोट हुनेछन्। आइसिसीलाई पनि यो प्रतियोगिताले विश्वकप १० भन्दा बढी राष्ट्रको हुनुपर्छ भन्ने सन्देश जानेछ। 

जिम्बावेसँग हामीले पहिलो पटक खेल्दैछौं। अरुसँग खेलिसकेका छौं। प्रतिद्वन्द्वीलाई नेपालले कसरी लिएको छ? 

Ncell 2
Ncell 2
nimb
nimb

हामी यस्तो स्तरमा पुगिसक्यौं जहाँ सजिलो भन्ने केही पनि छैन। सबै टिमको बलियोदेखि कमजोर पक्षबारे थाहा छ। जुन दिन हामी प्रतिस्पर्धा गर्छौं, त्यो दिन रणनीति कति लागू हुन्छ त्यो महत्वपूर्ण हुन्छ। हामीले राम्रो क्रिकेट खेल्नुपर्छ। पहिला जस्तो बलिङ र फिल्डिङले मात्र जित्ने हुनु हुँदैन। हामीले ब्याटिङ,  बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो गर्नुपर्छ। 

प्रतियोगितामा हाम्रो लक्ष्य के हो? 

विश्वकपमा छनोट हुन सके सबैभन्दा ठूलो क्षण हुनेछ। तर, अहिलेका लागि हाम्रो पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हुनेछ। त्यहाँ पुगेपछि हामीले विश्वकपको सपना देख्न सक्छौं । तर, विश्वकपमा २ वटा मात्र टिम छानिने भएकाले सजिलो हुनेछैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्वकपका लागि कतिपय टिमले २ वर्षदेखि तयारी गरिरहेका छन्। त्यसैले अहिलेका लागि लक्ष्य भनेको एकदिवसीय मान्यता र सुपरसिक्स हो। त्यसपछि हामीले विश्वकपको सपना देख्न सक्छौं।

यसका लागि राम्रो क्रिकेट खेल्नुपर्छ। नखेलेसम्म केही थाहा हुन्न। पछिल्लो पटक हामीले अफगानिस्तानलाई पनि हराइसकेका छौं। आशा छ हामीले फेरि त्यो प्रदर्शन दोहोर्याफउन सकौं।

हामीले सन् २०१४ पछि सबैभन्दा माथिल्लो लेभलको क्रिकेट खेल्दैछौं। स्कटल्यान्ड, हङकङ र जिम्बावे राम्रो टिम हुन्। बटम लाइन भनेकै हामीले राम्रो क्रिकेट खेल्नै पर्छ। 

सन् २०१४ को छनोट प्रतियोगितामा हामीले खराब प्रदर्शन गरेका थियौं। विगतको छनोटबाट के–के सिक्यौं?

पछिल्लो पटक हाम्रा धेरै खेलाडी घाइते थिए। ३–४ जना मुख्य खेलाडी घाइते भएपछि गाह्रो भयो। अर्कोतर्फ हामी त्यो लेभलका लागि अनुभवी थिएनौं जस्तो लाग्यो। पहिलो पटक डिभिजन१ का टिमसँग प्रतिस्पर्धा गर्दा गाह्रो भएको थियो।  

तर, सन् २०११ को टी–२० छनोटदेखि हाम्रो प्रदर्शन सुधार हुँदै आएको छ। हामीले आफ्नो लेभलको टिमसँग ३ वर्ष क्रिकेट खेलिरहेका छौं। राम्रो टिमसँग र राम्रो प्रतियोगितामा भाग लिइरहेका छन्। पहिलाको छनोट र अहिलेको छनोटको फरक भनेको हामीले एक्सपोजर बढी पाएका छौं। 

पहिलो खेलमा आयोजक जिम्बावेसँग खेल्दैछौं। कतिको दबाब छ?

हामी उत्साहित छौं। पछिल्लो पटक हामीले २००८ को यू–१९ विश्वकपमा मेरै कप्तानीमा जिम्बावेसँग खेलेका थियौं। त्यो बेला हामीले जिम्बावेलाई हराएका थियौं। अब सिनियर टिमसँग खेल्ने अवसर पाएका छौं। जसरी उनीहरु आफ्नो देशका लागि प्रतिनिधित्व गरिरहेका छन् हामी पनि त्यसैगरी प्रतिनिधित्व गरिरहेका छौं, जसरी होस् जिताउन कोसिस गर्छौं। 

हामीमा क्षमता छ। त्यसैले राम्रो क्रिकेट खेलेर राम्रो टिमलाई चुनौती दिन्छौं। 

टिममा एक जना स्पिनर थपिएका छन्। यसको कारण के होला?

कन्डिसन हेरेर हामीले स्पिनर थपेका हौं। जिम्बावेमा हामीले खेलेका त छैनौं। तर पछिल्लो रेकर्ड र कन्डिसन हेरेका छौं। अफगानिस्तान र जिम्बावेको सिरिज हेर्दा स्पिनरले एकदम राम्रो प्रदर्शन गरेका छन्। त्यसबाहेक हाम्रो समूहमा रहेको स्कटल्यान्ड फास्ट बलिङमा राम्रो खेल्ने टिम हो। हाम्रो बलियो पक्षअनुसार विपक्षीलाई च्याप्न सक्छौं भन्ने सोचले स्पिनर राखेका हौं। 

पहिला गएर हामी पिच हेर्छौं। २ वटा प्राक्टिस म्याच पनि छ। यो म्याचको नजिताबाट हामीले प्लेइङ ११ छान्न सक्छौं। अहिलेको टिममा सबै खेलाडी पहिलो रोजाइमा पर्न सक्षम छन्। 

पछिल्लो सयम ओपनिङ र ब्याटिङमा समस्या देखिएको थियो। यसपटक पनि ब्याटिङ र ओपनिङ नै मुख्य चुनौती हो?

ब्याटिङ र ओपनिङलाई हामी दोष दिने पक्षमा छैनौं। तथ्याङ्कले अर्कै देखाउला। तर, डिभिजन–२ मा हामीले पछ्याएको लक्ष्य अन्य टिमले पछ्याउन सकेका थिएनन्। फाइनलमा पनि हामीले राम्रो स्कोर गरेका थियौं। हाम्रो ब्याटिङ खराब होइन। तर हामीले एकै प्रकारको ब्याटिङमा भने ध्यान दिनुपर्छ। 

सधैं सबैको राम्रो हुन्छ भन्ने पनि छैन। अनुभवी खेलाडी छन्। युवा खेलाडीले पनि घरेलु क्रिकेट खेलेर अनुभव बटुलेका छन्। जुन उनीहरुले डिभिजन–२ मा देखाइसकेका छन्। यो लय जिम्बावेमा पनि देखाउन सक्छौं भन्ने आशा छ। 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०७४  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्