• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

४५ खेलपछि कमजोरीको कीर्तिमान, बार्सिलोनामा के बिग्रियो?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २०, २०७६  १०:४७
1140x725

काठमाडौं- बार्सिलोनामा केही पनि राम्रो देखिँदैन। मैदानमा पनि उस्तै निराशाजनक। मंगलबार राति च्याम्पियन्स लिग खेलमा त बार्सिलोना घरेलु मैदानमा ४५ खेलपछि गोलविहीन भयो। लियोनल मेस्सीको एक प्रहार पोस्टमा लागेर फर्कियो, स्लाभिया प्राहाका गोलकिपर कोलारको चलाखीले अरु केही अवसर खेर गए।

कप्तान मेस्सीलाई कमजोर बनाउन सक्नु स्लाभियाको बलियो खेल हो या बार्सिलोनाकै नमिलेको तालमेल? बार्सिलोनासँग फुटबल समर्थकको जे आश हुन्छ त्यो पूरा भएको छैन। चाहे ला लिगामा होस् या च्याम्पियन्स लिगमा। घरेलु मैदानमा बलियो हुने र अवे मैदानमा कमजोर हुने आरोप लागिरहेको बार्सिलोना अहिले त क्याम्प नाउमै कमजोर देखिएको छ। 

क्याम्प नाउमा च्याम्पियन्स लिग खेलमा पछिल्लो ४६ औँ खेलमा आएर गोलविहीन बनेको बार्सिलोनामा कप्तान मेस्सीले २०१५ को अप्रिलपछि घरेलु मैदानमा गोल गर्न सकेनन्। यसैले मेस्सी र बार्सिलोनाका प्रशंसक रहेका इंग्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सन वेंगर भन्छन्– ‘बार्सिलोनाले आफ्नो प्रतिभा बिर्सिएको छ। मेस्सीमा मात्रै बढी भर पर्दा उनीसँगै अरु खेलाडी कमजोर देखिएका छन्।’

हुन त बार्सिलोनाले च्याम्पियन्स लिग खेलमा घरेलु मैदानको अपराजित यात्रामा कीर्तिमान बनाएको छ। पछिल्लो ३४ खेलमा ३० खेल जितेको छ भने ४ खेल बराबरी गरेको छ। जुन च्याम्पियन्स लिगमा घरेलु मैदानमा सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान हो। तर बार्सिलोनाको कीर्तिमानभित्रको कमजोरी डरलाग्दो बनिरहेको छ। 

स्लाभियासँगको खेल बार्सिलोनाका लागि सुधारको माग गरिएको ठूलो घन्टी नै हो। हुन त २०१५ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि बार्सिलोनाको कमजोरी यात्रा चलिरहेकै छ। तर हरेक पटक उपाधिको दाबेदार टिमका रुपमा हेरिने क्लबको अहिलेको अवस्था भने नाजुक नै देखिन्छ। दुई वर्षअघि रोमासँग र गएको सिजन लिभरपुलसँग दोस्रो लेगको नाटकीय हारले पनि बार्सिलोना चेतिएको देखिँदैन। 

यसैले बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले मंगलबार रातिको खेलपछि भने– ‘यस्तो खेलेर त हामी कहिँ पनि पुग्दैनौँ। च्याम्पियन्स लिग जित्न त अझ धेरै कठिन हुनेछ।’

पिकेकै सेन्टर ब्याक साथी क्लेमेन्ट लेङलेटले पनि छोटो प्रतिक्रिया दिए– ‘यो गाह्रो समय हो।’

Ncell 2
Ncell 2
nimb
nimb

ला लिगामा पनि बार्सिलोनाले खेलेका ११ खेलमा ३ खेल हारिसकेको छ। तालिकाको शीर्षमा नै रहे पनि बार्सिलोनाको खेलदेखि फुटबल बुझ्नेहरु खुसी छैनन्। गएको शनिबार लेभान्टेसँग ३–१ ले हारेको खेल त लज्जास्पद नै देखिएको थियो। १ गोलले अघि रहेको अवस्थामा ७ मिनेटमा ३ गोल खाएर हार्नु उपाधि दाबेदार टिमका लागि सुहाउने कुरा होइन। 

ला लिगामै एथ्लेटिको बिल्बाओ र ग्रानाडासँग हारेको खेल होस् या ओसासुनासँग बराबरी खेल्दा बार्सिलोन विपक्षी टिमभन्दा हरेक कुरामा बलियो क्लब हो। त्यसैले त्यो हारमा सबैभन्दा महत्वपूर्ण कुरा प्रशिक्षक एर्नेस्टो भालभर्देको कमजोर योजनामाथि दोष लागिरहेको छ। च्याम्पियन्स लिगको पछिल्लो दुई सिजन रोमा र लिभरपुलसँगको हारमा भालभर्देले जुन गल्ती गरेका थिए, त्यो अहिले सुरुदेखि नै देखिन्छ। 

त्यसमा मेस्सीमाथि टिम धेरै भर पर्नु मात्रै होइन मेस्सी केन्द्रमा राखेरबाहेक अरु कुन योजनामा अघि बढ्ने भन्ने स्पष्ट खाका भालभर्देसँग देखिँदैन। नयाँ सिजनका लागि ल्याइएका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई स्ट्राइकरका रुपमा भन्दा बढी डिफेन्डरका रुपमा देखिएको छ। 

राइट ब्याकका सर्जि रोबर्टोलाई कहिले मिडफिल्डमा ल्याइन्छ कहिले अर्का राइट ब्याक नेलसन सेमेडोलाई लेफ्ट ब्याकमा लगिन्छ। भालभर्देलाई मिडफिल्डमै रहेका खेलाडीबीच सन्तुलन मिलाउन समस्या देखिएका बेला डिफेन्सको लाइनअपले थप तनाब दिएको स्पष्ट देखिन्छ। इभान राकिटिक, सर्जियो बुस्केट्स, आर्थर मेलो, कार्लेस एलेना, फ्रान्की डि योङ, आर्टुरो भिडाल जस्ता खेलाडीलाई मिडफिल्डमा कसरी प्रयोग गर्ने भन्ने भालभर्देसँग स्पष्ट योजना छैन। 

बार्सिलोनाका लागि अझ दुखद कुरा त यो सिजन धेरै गोल खाने टिमहरुमा बार्सिलोना अगाडि नै देखिन्छ। ला लिगाका ११ खेलमा १४ गोल खाइसकेको बार्सिलोनाले च्याम्पियन्स लिगका ४ खेलमा २ गोल खाएको छ। 

यसको सबैभन्दा ठूलो असर प्रशिक्षक भालभर्देमाथि नै परिरहेको छ। गएको सिजन च्याम्पियन्स लिगको हारपछि समर्थकबाट आइरहेको भालभर्दे हटाउनुपर्ने आवाज अहिले केही फुटबल विश्लेषकहरुले समेत निकालिरहेका छन्। कतिपयले त उनको स्थानमा आउने प्रशिक्षकको नामसमेत दिन थालिसकेका छन्। 

‘भालभर्दे आउट’ को नारा सामाजिक सञ्जालमा त धान्नै नसकिने गरी फैलिसकेको छ। यसैले च्याम्पियन्स लिगमा स्लाभियासँगको खेलअघि गरिएको पत्रकार सम्मेलनमा नै भालभर्देले क्लबबाट राजीनामा दिने प्रश्नको सामना गर्नुपरेको थियो। यसरी नै अघि बढिरहने हो भने भालभर्देको स्थानमा को भन्ने बहस बार्सिलोना ब्यवस्थापनमा नै सुरु हुन धेरै खेल लाग्ने छैन।

प्रशिक्षक भालभर्देले पनि बार्सिलोनामा देखिएका कमजोरी बुझेको बताउँछन्। ‘हाम्रो खेल राम्रो भएको छैन। चाहे शनिबार होस् या आज। हामीले बुझेका छौँ टिममा अझ धेरै दबाब थपिएको छ। यसलाई सुधार गर्नुको विकल्प छैन’ मंगलबारको खेलपछि उनले भने, ‘हरेक टिम जित्नकै लागि खेल्छन्, हामीले बनाएको अवसर सदुपयोग गर्न नसकेको हो। मानिसहरुले बार्सिलोनाले राम्रो गरोस् भन्ने चाहनु सकरात्मक कुरा हो।’ 

भालभर्देले आलोचना बुझेको जस्तो गरे पनि उनले बार्सिलोनामा देखिएको फुटबलको सुनौलो समयलाई अगाडि बढाउन सकेका छैनन्। गएको सिजन ला लिगाको उपाधि जिताएर जागिर जोगाएका उनले प्रशिक्षकको खुबी देखाउन भने सकेका छैनन्। अहिले बार्सिलोनामा भालभर्दे तेस्रो सिजन बिताइरहेका छन्। तर बार्सिलोनाको खेलशैलीमा भालभर्देले न त परिवर्तन ल्याउन सकेका छन् न त पछ्याउन नै सकेका छन्। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्