• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पर्यटन बोर्डमा काण्डैकाण्ड : अख्तियारले १० अभियोग लगाउँदा ३ जना दोषी, २० लाई उन्मुक्ति

64x64
नेपाल लाइभ शनिबार, फागुन १२, २०७४  १०:१५
1140x725

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भनी पर्यटन बोर्डका तत्कालीन प्रमुख सुवास निरौलासहित २३ जनाविरुद्ध १० अभियोग लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

अख्तियारले लगाएको आरोपमध्ये विशेष अदालतले ३ वटामा मात्र अनियमितता भएको ठहर गरेको छ। 

'हामीले करिब एक महिना लगाएर सम्पूर्ण प्रमाणको अध्ययन गर्दा तीन वटा प्रकरणमा मात्र अनियमितता भएको पाएका छौं,' विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीले भने । उक्त प्रकरणमा तत्कालीन प्रमुख सुवास निरौला, लेखा प्रमुख अनिलकुमार दास र एसियन वर्ल्ड वाईड ट्राभल्स एन्ड टुर्सका सञ्चालक महेन्द्र खनाललाई मात्र दोषी ठहर गरेको छ। 

विशेषले भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार निरौला र दासलाई जनही ६ वर्ष कैद सजाय हुने तथा निरौलाको हकमा पदीय जिम्मेवारीको प्रमुख भएकाले एक वर्ष थप सजाय हुने फैसला सुनाएको छ। 

विशेषले मदिरा खरिद, व्यक्तिगत खातामा रकम ल्याई खर्च गरेको र हवाई टिकट नक्कली खरिद प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो। 

मदिरामा बोर्डको अनावश्यक पैसा खर्च गरेकोमा विशेषले निरौलालाई मात्र दोषी ठहर गरेको छ भने व्यक्तिगत खातामा रकम सारेको प्रकरणमा लेखा प्रमुख दासलाई र नक्कली हवाई टिकटमा महेन्द्र खनाललाई दोषी ठहर गरेको हो। 

यस्ता छन् १० अभियोग र विशेषको फैसला 

१. कार्यक्रम नै नगरी बिल भरपाई पेश गरी भ्रष्टाचारः 

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियारले पहिलो प्रकरणमा बोर्डले कार्यक्रम गरेको भनी बिल भरपाई पेश गरी रकम निकासा गरेको तर कार्यक्रम नगरेको विशेष अदालतको आरोपपत्रमा जिकीर गरेको थियो। ७ करोड ४३ लाख दाबी गरिएको यो प्रकरणमा अख्तियारको आरोप पुष्टि गर्ने प्रमाण प्राप्त नभएको  विशेषले ठहर गरेको छ। यो प्रकरणमा अख्तियारले विपक्षी बनाएका सबैलाई विशेषले सफाइ दिएको छ। 

२. समान खरिद नै नगरी बिल भरपाई पेश गरी भ्रष्टाचारः

अख्तियारले पर्यटन प्रवर्धनका लागि भन्दै बोर्डले सामान खरिद गरेको बिल भरपाई पेश गरेको तर उक्त सामान अनुसन्धानका क्रममा नपाइएको दाबी आफ्नो आरोपपत्रमा गरेको थियो। तर, विशेषले त्यसलाई अस्वीकार गरेको छ। विदेशमा र स्वदेशमा हुने पर्यटन प्रर्वर्धन कार्यक्रमका लागि सामाग्रीहरु खरिद भएको ठहर गर्दै विशेषले सबै प्रतिवादीलाई यी आरोपमा सफाइ दिने फैसला सुनाएको छ। अख्तियारले यो प्रकरणमा २ करोड भ्रष्टाचार भएको दाबी गरेको थियो। 

३. सवारी साधान भाडामा देखाएर भ्रष्टाचारः 

अख्तियारको आरोपपत्रमा अनावश्यक सवारी साधान भाडामा लिएको देखाएर समेत निरौला लगायतले बोर्डको रकम अनियमितता गरेको दाबी थियो। तर, विशेषले उक्त आरोपलाई पनि अस्वीकार गर्योे। विशेषले आफ्नै सवारी  साधन नहुदाँ भाडामा लिएको देखिएको भन्दै सबै प्रतिवादीलाई यो आरोपमा सफाई दियो। 

४. मदिरा खरिद गरी बोर्डमा बिल पेश गरेर भ्रष्टाचारः 

व्यक्तिगत प्रयोजनका लागि बोर्डको रकमबाट मदिरा खरिद गर्दै भ्रष्टाचार गरेको अख्तियारको आरोपलाई भने विशेषले सदर गरेको छ। बोर्डमा रकम निकासाका लागि पेश भएका केही बिलमा निरौलाले भ्रष्टाचार गरेको विशेषको फैसलामा उल्लेख छ। विशेषले यो प्रकरणमा निरौलालाई मात्र दोषी ठहर गरेको छ। विशेषले १ लाख ३८ हजार रुपैयाँ बराबरको रकम बोर्डबाट निरौलाले भ्रष्टाचार गरेको ठहर गरेको छ। 

५. अन्तर्राष्ट्रिय मेलाको नाममा भ्रष्टाचारः 

अख्तियारले अन्तर्राष्ट्रिय पर्यटन मेलाका नाममा समेत निरौला लगायतले भ्रष्टाचार गरेको दाबी गरेको थियो। तर, विशेष अदालतले मेलामा भाग लिएको र त्यसमा खर्च भएको ठहर गरेको छ। मेलामा सहभागी भएको देखिएको भन्दै विशेषले यो प्रकरणमा सबैलाई सफाइ दिएको छ। 

६. बोर्डको रकम व्यक्तिगत खातामा र काममा प्रयोग गरी भ्रष्टाचारः 

अख्तियारले जनताको करबाट संकलन भएको राज्यको रकम व्यक्तिगत बैंक खातामा राख्ने र व्यक्तिगत प्रयोगमा चेक काट्ने कार्य गर्दै भ्रष्टाचार गरेको आरोप लगाएको थियो। उक्त प्रकरणमा आशिंक सहमत हुँदै विशेषले १ करोड २६ लाख रुपैयाँ बराबर भ्रष्टाचार भएको ठहर गरेको छ। अख्तियारले यो शीर्षकमा ४ करोड ६४ लाख ९७ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो। विशेषले यो प्रकरणमा प्रमुख निरौला र लेखा प्रमुख अनिलकुमार दासलाई दोषी मान्दै निरौलाले ७७ लाख ५८ हजार र दासले ४८ लाख ७४ हजार भ्रष्टाचार गरेको ठहर गरेको छ। 

७. बैंक खाताबाट रकम हिनामिना गरी भ्रष्टाचारः 

अख्तियारले बोर्डको रकम व्यक्तिगत नाममा चेक काटेर भ्रष्टाचार गरेको आरोप लगाएको थियो। तर, विशेषले अख्तियारको दाबी अनुसार व्यक्तिगत रुपमा काटिएको चेकबाट रकम हिनामिना नभएको ठहर गरेको छ। व्यक्तिगत नाममा काटिएको रकम बोर्डको खातामा दाखिला भएको भन्दै सबै प्रतिवादीले उक्त आरोपमा सफाइ पाएका छन्। 

८. नक्कली हवाई टिकट बनाएर भ्रष्टाचारः 

अख्तियारले बोर्डले विदेश र स्वदेश भ्रमणमा नक्कली यात्रु र टिकट बनाई भ्रष्टाचार गरेको आरोप लगाएको थियो। उक्त प्रकरणमा विशेषले ट्राभल एजेन्सीका सञ्चालकसहित बोर्डका प्रमुख निरौला र लेखा प्रमुख दासलाई दोषी ठहर गरेको छ। एसियन वर्ल्ड वाइड ट्राभलका सञ्चालक महेन्द्र खनालले ७-७ जनाको नाममा नक्कली टिकट निर्माण गरेको विशेषको फैसलामा उल्लेख छ। विशेषले उक्त प्रकरणमा प्रमुख निरौला र लेखा प्रमुख दास तथा खनालले १ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार गरेको फैसलामा उल्लेख गरेको छ। 

९. कार्यालय सहायक र कर्मचारीको नाममा रकम निकासा गरी भ्रष्टाचारः 

बोर्ड प्रमुख निरौला र लेखा प्रमुख दासले मिलेमतो गरी करारमा रहेका कार्यालय साहायक र अन्य कर्मचारीको नाममा समेत चेक काटेर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको थियो। तर, विशेषले उक्त प्रकरणमा बोर्डको रकम कर्मचारीको नाममा कुनै वक्यौता नदेखिएको भन्दै सबै प्रतिवादीलाई सफाइ दिएको छ। 

१०. आर्थिक नियमावली संशोधन गरी भ्रष्टाचारः 

अख्तियारले लगाएका १० आरोपमध्ये अन्तिम आरोप निरौलाले भ्रष्टाचार गर्नका लागि विद्यमान आर्थिक नियमावली संशोधन गरी आफू अनुकूल निर्माण गरेको भन्ने थियो। तर, विशेषले उक्त प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा दायर भई फैसला भएकाले थप आदेश गर्न नपर्ने भनेको छ। नियमावली निर्माण गर्ने अधिकार बोर्डलाई भएको फैसाल सर्वोच्चबाट आएकाले अनियमितता भएको ठहर गर्न नमिल्ने विशेषको फैसलामा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०७४  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्