काठमाडौं– विश्वका १ सय ९३ राष्ट्रले संयुक्त रुपमा अँगालेको १५ वर्षे (२०१६ – २०३०) दीगो विकास लक्ष्यको 'नमूना गाउँ' नेपालमा बनाइने भएको छ। दीगो विकास लक्ष्य नमूना गाउँ योजना नेपालको प्रदेश २ अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर २ मा बनाइने अवधारणा पत्र शुक्रबार काठमाडौंको एक समारोहमा सार्वजनिक गरियो।
चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतोको अध्यक्षता, सर्लाही क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद साह, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डा नारायणराज पौडेल र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत दीगो विकास लक्ष्य कार्यक्रमका प्रमुख धर्म स्वर्णकारको आतिथ्यमा अवधारणपत्र सार्वजनिक गरिएको हो।
सन् २०३० सम्ममा नेपाल लगायत विश्वबाट सबै प्रकारका गरिबी उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना बोकेको दीगो विकास लक्ष्यलाई एकीकृत रुपमा समाज, परिवार र व्यक्तिगत जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी अगाडि बढाइएको चन्द्रनगर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकप्रसाद भटटराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।