काठमाडौं- नेकपा एमालेले मन्त्रीहरु चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले भूगोल, समावेशिता, योग्यता, क्षमता, निष्ठा आदिलाई हेरेर न्यायोचित हुनेगरी मन्त्री बनाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको बैठकमा सहभागी नेता अमृतकुमार बोहोराले जानकारी दिए।
बैठकले राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउनका लागि पहल गर्न सुझाब दिएको उनले बताए।
'पार्टी एकीकरणका प्रगतिहरु पार्टीमा औपचारिक ढंगले जानकारीमा थिएन', बोहोराले भने, 'अध्यक्षले सबै प्रगतिलाई औपचारिक रुपमा ब्रिफिङ गर्नुभयो।'
प्रदेशहरुको निर्वाचनमा कमजोरी भएको भन्दै केही सदस्यले विस्तृत छलफलको माग गरेका थिए। 'प्रदेशका मन्त्री चयनमा भएको जथाभावीप्रति पनि सदस्यहरुले कडा आपत्ति जनाएका थिए', बोहोराले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।