काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बिहानैदेखि जन्मदिनको शुभकामना लिन व्यस्त छन्। कतिपय संघसंस्था भने केक लिएर नै उनीकहाँ पुगेका छन्
६७औं जन्मदिन मनाउँदै गरेका ओलीले बिहान बालुवाटरमा स्थायी कमिटी बैठक बस्नुअघि नै केक काटेका थिए। जसमा सूर्य अंकित चिह्न बनाइएको थियो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि ओलीको जन्मदिनमा शुभकामना दिँदै केक उपहार लगेको थियो। एकेडेमीको टोलीले फुटबल चिह्न अंकित केक लगेको थियो।
यस्तै प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन भारतीय तथा चिनियाँ राजदूत पनि बालुवाटार पुगेका छन्।

ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।