पर्सा– भाइबर, फेसबुक जस्ता सामाजिक संजाल मार्फत २५ लाखको लट्री जित्नु भएको छ भनी ठग्ने समूह पक्राउ परेको छ। लट्री बापतको कर नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गर्न लगाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने २४ वर्षीय भिमबहादुर थापा, दैलेख गुरास गाउँपालिका–४ बस्ने २२ वर्षीय विष्णु सिजाली मगर र भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने २० वर्षीय असरफ अली छन्।
पर्सा वीरगंज महानगरपालिका–१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा रकम निकाली शंकित रुपमा कुराकानी गरी बसीरहेको अबस्थामा उक्त कार्यमा संलग्न उनीहरुलाई ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपी समेतका कागजातसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।