वेलिङ्टन- इङ्ल्यान्ड विरुद्धको दोस्रो टी-२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी भएको छ। जितसँगै तीन खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ।
यसअघि गत शुक्रबार भएको पहिलो टी-२० खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो।
आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो। न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए। निशामले ४ छक्का प्रहार गरेका थिए।
जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन। चार विकेटमा ९१ रन बनाएको इङ्ल्यान्डले १ सय ५५ रनमा सबै विकेट गुमाएको थियो। न्युजिल्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर ३ विकेट तथा टिम साउदी, लकी फर्गुसन र इस सोढीले दुई/दुई विकेट लिए।
अन्तिम टी-२० खेल आगामी मंगलबार नेल्सनमा खेलिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।