काठमाडौं- केन्द्रीय तहमा १७ वटा मन्त्रालय रहने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको मन्त्री लालबाबु पण्डितले बताए।
अहिले ३१ वटा मन्त्रालय सञ्चालनमा छन्। संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिपरिषद् रहने व्यवस्था रहेकाले सरकारलाई मन्त्रालय घटाउनुपर्ने बाध्यता थियो।
अब रहनेछन् यी मन्त्रालय-
१. गृह
२. अर्थ तथा योजना
३. परराष्ट्र
४. रक्षा
५. भौतिक पूर्वाधार तथा यातायात
६. संघीय मामिला तथा सामान्य प्रशासन
७. सूचना-सञ्चार र विज्ञान तथा प्रविधि
८. कानुन, न्याय तथा संसदीय मामिला
९. पर्यटन
१०. शिक्षा तथा खेलकुद
११. स्वास्थ्य तथा जनसंख्या
१२. जलस्रोत तथा ऊर्जा
१३. उद्योग, वाणिज्य तथा आपूर्ति
१४. सहरी विकास, आवास खानेपानी तथा सरसफाइ
१५. वन तथा वातावरण
१६. कृषि, सहकारी तथा भूमि व्यवस्थापन
१७. श्रम तथा रोजगार तथा महिला बालबालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।