रुपन्देही– प्रदेश ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले स्थायी मेला मण्डप निर्माण गर्ने बताएका छन्। उनले अब प्रदेश ५ का उद्योगी व्यवसायीले मेला–महोत्सव आयोजनाका लागि अस्थायी संरचनामा ठूलो लगानी गर्नुपर्ने वाध्यता हटाउने बताए।
भैरहवामा शुक्रबार खाद्य मेलाको उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश ५ लाई आर्थिक, समाजिक, सांस्कृतिक क्षेत्रमा अग्रपंक्तिमा लैजाने दाबी गरे। देशको दोस्रो ठूलो उपत्यका, तराईका फाँट, हिमाली क्षेत्रका साथै पहाडको समिश्रणले बनेको प्रदेश ५ लाई प्रदेशहरुमध्ये पहिलो नम्बरमा ल्याउने उनले दाबी गरे।
उनले भने, ‘विश्वले चिन्ने लुम्बिनी हाम्रै प्रदेशमा छ। जसबाट पर्यटकीय क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिन्छ।’
कार्यक्रममा जिल्ला समन्वय समितका संयोजक एकराज विश्वकर्माले सरकारी स्तरबाट मेलाको आयोजना गरिनु प्रशंसनीय रहेको बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि मैनालीले उपभोक्तालाई सचेत र जागरुक बनाउन यस्ता मेला उपयोगी हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।