काठमाडौं- ‘ए’ डिभिजनमा रहेका १४ क्लबले एएफसी क्लब लाइसेन्सका लागि दिएको निवेदन अस्वीकार भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
एन्फाको क्बल लाइसेन्सिङ कमिटीको बैठकमार्फत क्बलहरुको आवश्यक कागजात नपुगेको भन्दै लाइसेन्स प्रक्रियामा लैजान अस्वीकार गरेको हो। यसले गर्दा नेपालका ‘ए’ डिभिजन क्बलहरुलाई एएफसीले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन बन्देज गर्नेछ।
यसअघि एन्फाले नेपालका ९ क्लबलाई क्लब लाइसेन्सका लागि प्रस्ताव गरेकोमा प्रक्रिया नमिलेको भन्दै एएफसीले एन्फालाई १० हजार डलर जरिवाना गरेको थियो। त्यसैले यसपटक क्बल लाइसेन्स प्रक्रियाका लागि एन्फाले नै क्लबहरुलाई कागजात नपुगेको भन्दै रोकेको हो।
क्बलहरुले त्यसमा थप अपिल नगरेकाले निर्णय एएफसीमा पठाइसकिएको एन्फाले जनाएको छ। अब राष्ट्रिय लिगमा नै एएफसीकै प्रक्रिया अनुरुप क्बलहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागिएको समेत एन्फाले जनाएको छ।
एन्फामा मनाङ मस्र्याङ्दी क्बल, थ्री स्टार, नेपाल पुलिस, जावलाखेल युथ क्लब, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाईज, त्रिभुवन आर्मी, एपीएफ, मछिन्द्र, न्युरोड टिम र च्यासलले अर्को सिजनका लागि एएफसीको लाइसेन्सका लागि आवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।