काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाइ दिएका छन्। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रधानमन्त्रीमा नियुक्त भएकोमा ओलीलाई शुभकामना सन्देश पठाएको उल्लेख छ।
ट्रम्पले समावेशी लोकतान्त्रिक शासनका लागि नेपालले तीन तहको ऐतिहासिक निर्वाचन सम्पन्न गरेकोमा प्रशंसा गरेका छन्।
ट्रम्पको सन्देशमा दुई देशबीचको सम्बन्ध विस्तारका लागि अमेरिका तयार रहेको बताएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। नेपालको सुशासन, स्थिरता र दीगो आर्थिक विकासका लागि सहयोग गर्न अमेरिका तयार रहेको विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।