काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-१ ले पराजित भएको छ।
पहिलो हाफमा पाएको पेनाल्टीमा लियोनल मेस्सीको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल खाएको थियो।
खेलको ३८ औँ मिनेटमा मेस्सीको पेनाल्टीमार्फत अग्रता बनाएको बार्सिलोना दोस्रो हाफमा कमजोर देखिएको थियो।
६१ औँ मिनेटमा जोस क्याम्पनाको गोलले बराबरीमा आएको लेभान्टेका लागि ६३ औँ मिनेटमा ब्रोजा मायोरेल र ६८ औँ मिनेटमा नेमान्जा रोडोजाले गोल गरेका थिए।
लेभान्टेसँगको हारपछि बार्सिलोनाले ला लिगाका ११ खेलमा ३ खेल हारिसकेको छ। एक खेल बराबरी खेलेको बार्सिलोना हारपछि पनि २२ अंकसहित शीर्ष स्थानमा नै छ। २२ अंकसहित दोस्रोमा रहेको रियल मड्रिडले शनिबार नै रियल बेटिससँग गोलरहित बराबरी खेलेको थियो।

बार्सिलोनाको हारपछि रियल बेटिसलाई हराउँदै लिगको शीर्षमा पुग्न रियल मड्रिडले अवसरको सदुपयोग गर्न सकेन। यस्तै एथ्लेटिको मड्रिड र सेभियाले पनि १-१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।