काठमाडौं- अस्ट्रेलियाका क्रिकेट अलराउण्डर ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समय विश्राम लिने भएका छन्।
क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन्। दुई खेल खेलेका म्याक्सवेलले शृङ्खलाको पहिलो खेलमा २८ बलमा ६२ रन बनाएका थिए।
३१ वर्षका म्याक्सवेलले २०१२ मा अस्टे«लियाको राष्ट्रिय टिममा डेब्यू गरेपछि सबै फम्र्याटमा गरेर १ सय ७१ खेल खेलिसकेका छन्।
क्रिकेट अस्ट्रेलियाका प्रमुख बेन ओलिभरले आफूहरुको मुख्य ध्यान खेलाडीको स्वास्थ्यमा नै रहेको बताएका छन्। ‘ग्लेनलाई हाम्रो पूर्ण सहयोग रहने छ। उनी अस्टे«लियन क्रिकेटका महत्वपूर्ण खेलाडी हुन्। हाम्रो मुख्य ध्यान खेलाडीको स्वास्थ्य राम्रो होस् भन्नेमा रहन्छ। आश गरौँ उनी छिट्टै टिममा फर्कने छन्’ उनले भनेका छन्।
क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले पजि म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।