एजेन्सी- स्पेनिस ला-लिगामा 'लिग लिडर' बन्ने सुनौलो अवसरबाट ग्रानाडा चुकेको छ। बिहीबार राति भएको गेटाफेसँगको खेलमा पराजित भएसँगै लिग लिडर बन्नबाट ग्रानाडा चुकेको हो।
गेटाफेले पाहुना टोली ग्रानाडालाई ३-१ गोलले स्तब्ध पारेको थियो। गेटाफेका लागि ३५औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गर्दै अग्रता दिलाए।
४१औं मिनेटमा माउरो आर्माबरीले गोल गर्दै गेटाफेका लागि अग्रता दोब्बर बनाए। पहिलो हाफमा २-० को अग्रता लिएको गेटाफेले दोस्रो हाफमा थप एक गोल गर्यो भने ग्रानाडाले पनि एक गोल फर्काएको थियो।
७७औं मिनेटमा ग्रानाडाका लागि जोसे एन्टोनियो रोड्रिग्वेजले १ गोल गर्दै गेटाफेसँगको अन्तर घटाएका थिए। तर, पुनः ८८औं मिनेटमा गेटाफेका लागि डेभिड टिमोरले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याएका थिए। बाँकी समय दुवै पक्षबाट गोल हुन सकेन।
यो हारसँगै ग्रानाडा लिगको शीर्ष स्थानमा रहनबाट चुकेको छ। ११औं खेल खेलेको ग्रानाडा २० अंकसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलको बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।