काठमाडौं- युएईले नाम फिर्ता लिएपछि बंगलादेशमा आयोजना हुने एसिसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले खेल्न पाउने भएको छ।
आगामी नोभेम्बर १२ देखि २४ सम्म हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ खेल्दै छन्। जसमा नेपाल समूह 'बी'मा परेको छ। नेपालको समूहमा भारत र बंगलादेशसहित हङकङसमेत रहेको छ। समूह 'ए'मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन्।
प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर १४ मा भारतसँग खेल्नेछ। नेपालले नोभेम्बर १६ मा हङकङसँग र अन्तिम खेल नोभेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।
दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। समूह 'ए'को खेल बंगलादेशको कक्स बजार र समूह 'बी'को खेल ढाकामा हुनेछ। सेमिफाइनल र फाइनल खेल भने मिरपुरमा हुने तय भएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।