काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध घरेलु मैदानमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। टी-२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेटका लागि घोषणा गरिएको टोेलीमा पूर्वकप्तान पारस खड्का भने एकदिवसीय टिममा मात्रै परेका छन्।
३ नोभेम्बरदेखि हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरेको हो। जसमा टी-२० का लागि १५ र एकदिवसीय र प्रथम श्रेणीका लागि १४/१४ खेलाडी छानिएका छन्।
एमसिसीको टिम शुक्रबार नेपाल आइपुग्ने तालिका रहेको छ। एमसिसीले राष्ट्रिय टिमसँग टी-२०, एकदिवसीय र प्रथम श्रेणीको खेल खेल्नेछ। यस्तै, यू-१९ टिम र पोखरामा स्थानीय टिमसँग पनि एमसिसीले खेल्नेछ। नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने हेतुले एमसिसी नेपाल आउन लागेको जनाइएको छ।
कुन टोलीमा को-को?
टी-२० मा
आरिफ शेख, अमित श्रेष्ठ, अभिनाश बोहरा, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल भुर्तेल, ललित नरायण राजवंशी, नन्दन यादव, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र सुसन भारी।
एकदिवसीयमा
आरिफ शेख, वसन्त रेग्मी, विक्रम शोब, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, इशान पाण्डे, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावाकर र सोमपाल कामी।
प्रथम श्रेणीमा
आरिफ शेख, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करण केसी, ललित नारायण राजवंशी, पवन सर्राफ, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमापाल कामी।
यस्तो छ खेल तालिकाः
३ नोभेम्बर : एमसिसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टिम (५० ओभर)
६ देखि ८ नोभेम्बर : एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टिम (तीन दिवसीय)
९ नोभेम्बर : एमसिसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
११ नोभेम्बर : एमसिसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसिसीविरुद्ध मुख्यमन्त्री-११ टिम (२० ओभर)
(फाइल तस्बिर- नेपाली राष्ट्रिय क्रिकेट टोली)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।