काठमाडौं- ला लिगा अन्तर्गत लेगानेसलाई ५-० ले हराउँदै रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनासँग १ अंकको फरक पारेको मड्रिडको जितमा ५ खेलाडीले ५ गोल गरे।
खेलको सातौँ मिनेटमा रोड्रिगोको गोलमार्फत अग्रता बनाएको रियल मड्रिडका लागि आठौँ मिनेटमा नै टोनी क्रुसले दोस्रो गोल गरेका थिए। २४ मिनेटमा सर्जियो रामोस र ६९ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेका थिए। इन्जुरी समयमा लुका जोभिकको गोलमार्फत मड्रिडले ५–० को जित निकालेको हो।
खेलका एक गोल गरेका करिम बेन्जेमाले दुई गोलका लागि महत्वपूर्ण पास पनि मिलाएका थिए।
क्याटालनमा चलिरहेको आन्दोलनका कारण बार्सिलोनासँगको खेल सरेको थियो। बार्सिलोनाले मंगलबार राति भायाडोलिडलाई ५–१ ले हराएको थियो।
रियल मड्रिडले १० खेलमा ६ जित, ३ बराबरी र १ हारसहित २१ अंक बनाएको छ। शीर्षमा रहेको बार्सिलोनाको १० खेलमा ७ जित, १ बराबरी र २ हारसहित २२ अंक छ। २ बराबरी गर्दै १ खेल मात्र जितेको लेगानेस भने तालिकाको अन्तिममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।