धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।
आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताए। 'प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव हुँदैन,' उनले भने।
मुख्यमन्त्री राउतले फेरि पनि पाँच ‘स’का आधारमा अघि बढ्नुपर्ने बताएका छन्। सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने कुरालाई उनले फेरि दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।