चितवन – ओभरटेक गर्ने क्रममा ट्रक खोालमा खस्दा एकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२९ घुमाउने स्थित मुग्लिङ नारायणगढ सडकखण्डमा भैरहवाबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बरको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा बिहिबार सडकबाट अंदाजी ५० मिटर तल खोलामा खस्दाँ सहचालक रुपन्देही बेलहिया–१ बस्ने ५० बर्षीय बिक्रम सिंहको मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका चालक सहित अन्य २ जनालाई उपचारको लागि सरकारी अस्पताल भरतपुर लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।