काठमाडौं- जिल्ला न्यायाधीशको लिखित परिक्षामा मागभन्दा कम परिक्षार्थी उत्तिर्ण भएका छन्। ३० जनाको माग भएकोमा १६ जना मात्र लिखित परिक्षामा सफल भएका छन्।
समाबेशी कोटा अन्र्तगत मधेसी तथा दलित कोटामा एक जनाले पनि नाम निकाल्न नसकेकको न्याय सेवा आयोगले जनाएको छ।
आयोगले ३० जना जिल्ला न्यायधीश मागेको थियो। जसको लिखित परिक्षाको नतिजा आयोगले बुधबार सार्वजनिक गरेको हो।
३० मध्ये आन्तरिक खुल्लामा १५ जनाको कोटा रहेकोमा १३ जना मात्र उत्तिर्ण भएका छन्।
त्यस्तै खुलातर्फ भने ८ जना माग भएको १५ जना लिखित परिक्षामा सफल भएका छन्।
म्हिलाको २ जनाको कोटा रहेकोमा १ जना मात्र सफल भएका छन् भने जनजातीमा २ जनाको कोटामा रहेका २ जनाले लिखित परिक्षामा नाम निकालेका छन्। मधेसीलाई २ तथा दलितलाई एउटा समाबेशी कोटा रहेको दुवैमा कसैले पनि लिखितमा नाम निकाल्न नसकेको आयोगले जनाएको छ।
लिखित परिक्षामा नाम निकाली अन्र्तवार्ताका लागि छनोट हुनेमा आत्मदेव जोशी, ईश्वरीप्रसाद भण्डारी, कमला पौडेल, कुलप्रसाद पाण्डे, केदारनाथ पौडेल, तेजबहादुर खड्क उत्तिर्ण भएका छन्।
त्यस्तै दिलिपराज पन्त, नन्दकिशोरप्रसाद यादब, प्रमेश पोख्रेल, मनोज श्रेष्ठ, रामप्रसाद बश्याल, रोमनाथ अधिकारी, विश्वनाथ भटराई, सन्तोषप्रसाद पराजुली, सुमनकुमार न्यौपाने, हरिकृष्ण श्रेष्ठ लिखित परिक्षामा सफल भएका छन्। आयोगले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट जिल्ला न्यायधीश छान्ने प्रणाली सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।