काठमाडौं- लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको 'समाजवादको यात्रा : युटोपियादेखि चौथो आयामसम्म' पुस्तक बजारमा आएको छ।
६ खण्डमा विभक्त पुस्तकमा मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषणसहित जबज र बिपी-विचारधारासम्मको विश्लेषण र व्याख्या गरिएको छ। समाजवादी विश्व राजनीतिक विकासक्रम र त्यसले नेपाली राजनीतिलाई पारेको प्रभाव र अपेक्षा समेतलाई लेखकले पुस्तकमा विश्लेषण गरेका छन्।
पुस्तकका सन्दर्भमा भूमिकामा लेखक भन्छन्, 'राजनीतिक निबन्ध राजनीतिक विचारमाथिको शुद्ध शास्त्रीय चिन्तन होइन र हुन सक्दैनथ्यो। त्यसका लागि सम्बन्धित विचारको संवाहक दल र नेतृत्व समुहको व्यवहारलाई पनि जोड्नुपर्ने हुन्थ्यो। तर , विचार र व्यवहारबीचको दुरीलाई कसरी लिने? विचार ठिक हुँदाहुँदै पनि व्यवहारमा विचलन भएको अर्थमा लिने वा व्यवहारको विचलनले विचार नै गलत साबित भएको अवस्थामा लिने?' यो जटिलतालाई मैले विचार र व्यवहार दुवै कोणबाट हेरेको छु।'
पुस्तक सामाजिक–राजनीतिक विकासक्रमलाई अध्ययन गर्न चाहने र विश्व-समाजवादी धारामा आएका परिवर्तन साथै नेपाली राजनीतिको वर्तमान वैचारिक अवस्थाको बारेमा रुचि राख्ने सबैको लागि उपयोगी छ।
सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।