काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला विकास समितिका पूर्व सभापति ओमबहादुर जिसीको निधन भएको छ।
शनिबार राति सुर्खेतस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
७४ वर्षीय जिसि प्यानक्रियाज क्यान्सरसँग संघर्षरत थिए।
एक वर्ष अगाडी दिल्लीको मेदान्त अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो।
स्वर्गीय जिसीका श्रीमती, तीन छोरी र एक छोरा छन्।
स्वर्गीय जिसिको सुर्खेतमा आइतबार अन्तेष्टि गरिएको र उनको पार्थिव शरिरमा पार्टीका नेता मुकुन्द श्याम गिरिलगायत नेता/कार्यकर्ताले पार्टी झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
जिसीको निधनमा राप्रपा महामन्त्री भाष्कर भद्राले एक वक्तव्य जारी गर्दै पार्टी र राष्ट्रवादी आन्दोलनलाई उनको निधनले अपूरणीय क्षति पुगेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।