काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ। २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जान लागेको हो।
त्यसपछि टोली पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्न नोभेम्बर ५ मा बंगालादेशको ढाका पुग्ने छ। प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म हुने छ । टोली नोभेम्बर १० तारिखमा नेपाल फर्कने कार्यक्रम छ।
पुरुष खेलाडीमा मन्डेकाजी श्रेष्ठ, महसुश तामाङ, प्रवीण मानन्धर, सोनाम लामा, लक्ष्मण तामाङ, राजीव पुडासैनी, राजकुमार रसाइली, नवीन रसाइली, अर्जुन चन्द, गंगाराम कुशुवार, मुकुन्द्र महर्जन, दिवस श्रेष्ठ, सुशील पौडेल, विप्लवलाल श्रेष्ठ र लेखनाथ मैनाली रहेका छन्।
महिलामा निर्मला तामाङ, सरु कार्की, संगीता मगर, चन्चला दनुवार, कुसुम खड्का, अनु अधिकारी, मनीषा चौधरी, सुस्मिता वाइबा, अनु गुरुङ, एस्टर राई, सुनिता महर्जन, सनी तामाङ, अनुपमा मगर र रिता कार्की छन् । खेलाडीले व्यक्तिगत र टिम कुमुते तथा कातामा प्रतिस्पर्धा गर्ने छन्।
प्रशिक्षकमा गंगाराम महर्जन र राजेश श्रेष्ठ तथा व्यवस्थापकमा मिङमार शेर्पा र राजेन्द्र बराल छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।