काठमाडौं- असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।
कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको सो सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्किएका हुन्।
आइतबार बिहान प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै काठमाडौं अवतरण गरेको हो।
बिहान १०ः१० मा काठमाडौँ आइपुगेको सो टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका छन्।
सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।