हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत शनिबार भएको फाइनल खेलबाट नेपाल माझी उत्थान संघ रामेछाप विजयी बनेकाे छ।
शनिबार भएको फाईनल खेलमा सिन्धुलीलाई ट्राइबेक्ररमा ३–० गोल अन्तरले पराजित गर्दै रामेछाप विजयी बनेकाे हाे।
प्रतियोगिता नेपाल माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी थिए।
प्रतियोगिताको विजेता रामेछापले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने सिन्धुली टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले वितरण गरे।
कार्यक्रममा प्रदेश साँसद बुद्धिमान माझी, रिता माझी, राष्ट्रिय अादिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष गाेविन्दलाल माझी, तुल बहादुर माझीलगायतका माझी अगुवाहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।