• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

दाउद बन्न खोज्दा यसरी अस्ताए मनोज पुन

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  ००:२९
1140x725

काठमाडौं- रुपन्देहीको देवदह स्थायी ठेगाना भएका मनोज पुन (मनोज बुढामगर) को नाम एकवर्ष अघिसम्म कसैले सुनेका थिएनन्। तर, एक वर्षकै अवधिमा उनको नाम देशका व्यवसायीहरुका लागि आतंक बन्न पुग्यो। प्रहरीका लागि प्रमुख चुनौती। 

गत वर्ष पुस ५ गते रुपन्देहीको देवहदमा युवा संघका नेता दुर्गा तिवारीको हत्यापछि पुन आपराधिक दुनियाँमा चर्चाका पात्र बने। तिवारीको हत्यालगत्तै उनले विदेशबाट फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए। त्यसरी अपराधको जिम्मेवारी लिनुको उद्देश्य आतंक मच्चाएर पैसा असुल्नु थियो। 

सोही योजनाअनुसार तिवारीको हत्यालगत्तै उनले विदेशबाट रुपन्देहीका व्यवसायीलाई फोन गर्दै करोडौं माग्न थाले। पैसा नदिए तिवारीकै हालत बनाइदिने भन्दै धम्की दिन्थे। व्यापारीहरुको गाडी नम्बर र उनीहरुको लोकेसन लिएरसमेत उनले धम्क्याउन छोडेनन्।

तिवारी हत्यापछि उनले रुपन्देहीबाट मात्र करोडौं असुले। घटनालगत्तै उनलाई पक्राउ गर्न प्रहरी टोली भारत गएपछि कुनै सफलता हात पारेन। किनकि उनी मोबाइल प्रयोग गर्दैन थिए। कहिले गोवा त कहिले दिल्ली पुग्थे। भारतका केही माफियाहरुसँग समेत उनले सम्बन्ध बनाइसकेका थिए। 

प्रशस्त पैसा असुलेपछि भारतमा उनको दैनिकी विलासी र रोमान्सपूर्ण तरिकाले बितिरहेको थियो। अनुसन्धान आबद्ध एक प्रहरी अधिकारीका अनुसार उनी गोवामा रसियन प्रेमिकासँग बस्दै आएका थिए। 

उनलाई पक्राउ गर्न प्रहरी असफल हुँदै गर्दा उनको आतंक देशभरि बढिरहेको थियो। काठमाडौं, कपिलवस्तु तथा चितवनका व्यवसायीलाई समेत धम्काएर पैसा असुल्न थालेका थिए उनले। 

इन्टरनेट कलमार्फत धम्की दिन्थे भने हुन्डीमार्फत दुबईमा फिरौती पठाउन लगाउँथे। उनको सपना दाउद इब्राहिम जस्तै माफिया बन्ने थियो। अन्डरवर्ल्ड शैलीमै अपराध गरेर उनी करोडौं उठाउन पनि सफल भए। 

पछिल्लो समय केही व्यवसायीले पैसा नदिएपछि उनले गत पुस २२ गते देवदहमा बसन्त पौडेलको हत्या गरे। पौडेलको हत्यापछि उनले घटनाको जिम्मेवारी लिए। त्यो घटनापछि रुपन्देहीका व्यापारीहरु थप आतंकित बन्न पुगे।

Ncell 2
Ncell 2
nimb
nimb

तर, बुधबारदेखि मनोज पुनको आतंक बन्द भएको छ। उनकै गृहनगर रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनले ज्यान गुमाएका छन्। पुन र उनका प्रमुख सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका हुन्। 

राजनीतिक संरक्षण नपाएपछि अन्डरवर्ल्ड  
देवदह २ घर भएका पुन पहिलेदेखि सो क्षेत्रमा धम्की र गुन्डागर्दीमा लागेका व्यक्ति हुन्। सुरुमा उनी केही ठेकदारहरुको पछि लाग्थे। पछि ठेक्कापट्टामा पैसा देखेपछि उनी ठेक्का मिलाउने र कमिसन खाने धन्दामा लागे। 

राजनीतिक संरक्षणमा त्यो धन्दा अझ सहज हुने देखेपछि उनी एमालेको भ्रातृ संगठन युथफोर्समा लागेका थिए। 

युथ फोर्सका नाममा पैसा उठाएको आरोपमा उनी कारबाहीमा परे। कारबाहीको प्रस्ताव गर्नेमा दुर्गा तिवारी र बसन्त पौडेल नै थिए। यही दुस्मनी साँधेर पछि दुवैको उनले हत्या गरे।

काठमाडौंमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो। 

एक वर्षदेखि प्रहरी उनको पिछा लागे पनि सफलता हात पारेको थिएन। पुन अन्डरवर्ल्ड शैलीमा निर्धक्क धम्की र असुलीको धन्दा चलाइरहेका थिए। सिंगो प्रहरी संगठनलाई नै उनले चुनौती दिएका थिए। तर,

त्यो चुनौतीमा प्रहरी बुधबार सफल भएको छ। पुनको दाउद जस्तो जीवनशैली एक वर्षभन्दा टिक्न सकेन। 

पुनलाई पक्राउ गर्न एक वर्षदेखि सक्रिय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिआइजी पुष्कर कार्की भन्छन्, 'ढिला र छिटो भन्ने मात्र हो, जस्तासुकै अपराधीलाई कारबाही गर्न नेपाल प्रहरी सक्षम छ।' 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  ००:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्