काठमाडौं- र्यापर समिर घिसिङ अर्थात् भिटेन रिहा भएका छन्। उनलाई बिहीबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।
भिटेनले ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको तथा सामाजिक सञ्जालमा प्रहरी पोशाकमा गाँजा खाएको तस्बिर राखेको भन्दै पक्राउ गरिएको थियो।
उनको पक्राउ सँगै सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भएको थियो। उनीहरुले सरकार नियन्त्रणमुखी बन्दै गएको भन्दै त्यस्तो सोच त्याग्न सुझाएका थिए।
प्रहरीले उनलाइ बाबुकाे जिम्मा लगाएर तारेखमा रिहा गरेकाे हाे।
उनलाई तारेखमा १३ गते उपस्थित हुने गरी अभिभावकलाई जिम्मा लगाइएकाे ललितपुरका एसपी दुर्गा सिहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।