काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)बढी शुल्क उठाएको विरोधमा गरिएको प्रदर्शनमा नेसनल मेडिकल कलेज प्रशासनले कुटपिट तथा दमन गरेको विद्यार्थीको आरोप, जिल्ला प्रशासन कार्यालयमा बुझाए ज्ञापन पत्र । दमनलाई गम्भीरतापूर्वक लिन आग्रह। (विरोध प्रदर्शन)
२) निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू, पालना नभए निर्वाचन ऐन अनुसार कडा कारबाही गर्ने चेतावनी। (निर्वाचन आचारसंहिता लागू)
३)गुणस्तर तथा नापतौल विभागद्वारा सिद्धार्थ र ओम ग्यासको बोटलिङमा प्रतिबन्ध, नेपाल ग्यासलाई सोध्यो स्पष्टीकरण। (ग्यासको बोटलिङमा प्रतिबन्ध)
४)गलत तरिकाले क्लबहरुलाई लाइसेन्स वितरण गरेको भन्दै एएफसीद्वारा एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना, यस्तै घटना दोहोरिए प्रतिबन्धका साथै २५ हजार डलर जरिवाना गराउने चेतावनी।
(३५ हजार अमेरिकी डलर जरिवाना)
५) र,भारतका दुई प्रान्तका विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको प्रदर्शन कमजोर, हरियाणामा ४० तथा महाराष्ट्रमा १ सय ६१ सिट मात्र । भारतीय कांग्रेसको अवस्थामा भने सुधार। (भाजपाको कमजोर प्रदर्शन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।