काठमाडौं- नेपाल चिकित्सक संघले सुरक्षा नभएको भन्दै डोटी जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएको छ। बिरामीको उपचारमा खटिएका डाक्टरमाथि सांघातिक हमला हुन थालेको भन्दै संघले सबै डाक्टरलाई काठमाडौं केन्द्रीय कार्यालयमा बोलाएको हो।
‘चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्कमाथि नै सांघातिक हमला गरी गम्भीर घाईते बनाइएको घटनाका सम्बन्धमा समेत कपोलकल्पित आरोपु लगाउँदै उल्टै चिकित्सकलाई बदनाम गर्ने, भौतिक कारबाही गर्छौं भन्दै मानसिक तनाव दिने गरिएको छ,’ संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डोटी जिल्लामा रहनु भएका सम्पूर्ण चिकित्सकुले यस प्रकारको त्रसिदपूर्ण वातावरणमा स्वास्थ्यसेवा निर्वाध रुपमा प्रवाह गर्न नसक्ने विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै उक्त जिल्लामा कार्यरत सम्पूर्ण चिकित्सकलाई संघको केन्द्रीय कार्यालयमा आउन अनुरोध गरिन्छ।’
बिरामीको उपचारमा खटिएका डा जितेन्द्रकुमार सिंहमाथि आइतबार कुटपिट भएको थियो। उनको हात, ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने दाँतसमेत भाँचिएको छ। उक्त घटनाको विरोधमा जिल्लाका डाक्टरले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। संघले जिल्लालाई भयरहित नबनाएको खण्डमा चिकित्सकुको सुरक्षाका लागि देशैभरि विरोधका कार्यक्र सञ्चालन गर्न वाध्य हुने चेतवानी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।