काठमाडौं- मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेदवार चयन गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत रहेको छनोट समिति बनाएको छ।
मंगलबार र बुधबार बसेको पदाधिकारी बैठकले संस्थापन इतरका दुई नेतालाई थपेर उम्मेदवार छनोट कार्यदल बनाउने निर्णय गरेको हो। ७ पदाधिकारीमा पौडेल र सिटौलालाई थप गरी ९ सदस्यीय छनोट समिति बनाइएको छ।
पार्टी केन्द्रले बढीमा ३ जनाको नाम सिफारिस गर्न मातहतका कार्यसमितिलाई निर्देशन दिए पनि बढी नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभा सदस्य रिक्त रहेको कास्की क्षेत्र नम्बर-२ बाट १६ जना आकांक्षीको नाम पठाइएको छ। बागलुङमा हुने प्रदेशसभा सदस्यको उम्मेदवारमा ४ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ।
भक्तपुरबाट १० जनाको नाम पठाइएको छ। धरान उपमहानगर र पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकामा मात्रै सर्वसम्मत निर्णय गरी एक/एक जनाको मात्रै नाम सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।